११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

रमदानको अवसरमा केन्द्रिय सदस्य कोइराला र नगरप्रमुख भण्डारीद्धरा शुभकामना

Logo
अजित झा प्रकाशित सोमबार, फाल्गुण २८, २०८०

इनरुवा । मुस्लिम धर्मावलम्बीको पवित्र पर्व एक महिने रमदान भोलिदेखि सुरु हुँदैछ । मुस्लिम समुदायले आत्मशुद्धिका लागि एक महिनासम्म उपवास बसी आत्मसंयमका लागि प्रार्थना गर्ने पर्वको रुपमा रमदान मनाउने गर्दछन् ।

यो एक महिने अवधिमा मुस्लिम धर्मावलम्बीले सहिष्णुता र धैर्यताको प्रतिकको रुपमा पर्व मनाउने गर्दछन् । यो अवधिमा बस्ने उपवासलाई रोजा पनि भनिन्छ । रोजालाई धर्मालम्बीले त्याग र समर्पणका रुपमा लिने गर्दछन् । रमदान महिनाभर महिला भए सात वर्ष माथिका सबै व्यक्ति रोजा बस्नुपर्छ ।

मुसलमानका पाँच महत्वपूर्ण काम मध्ये रोजा, नमाज, जकात र फित्तरामा यही महिना रोजा गर्नुपर्ने हुन्छ । त्यसैले पनि धर्मालम्बीले यस महिनालाई शुभ मान्छन् । घाम उदाउनु भन्दा डेढ घण्टा अगावै सरगाही अर्थात् खानेकुरा खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर सकिन्छ ।

संसारभरिका मुस्लिमले रमदानको एक महिनासम्म घाम झुल्किएदेखि सूर्यास्त नहुन्जेलसम्म पानी समेत ग्रहण नगरी कठोर व्रत बस्छन् । इस्लाम धर्ममा रमादानको महिनाभरि स्वर्गको ढोका खुला हुन्छ र नर्कको ढोका थुनिन्छ भन्ने विश्वास छ ।

यसैबीच मुस्लिम धर्मावलम्बीको पवित्र पर्व एक महिने रमदानको अवसरमा नेपाली काङग्रेसका केन्द्रिय सदस्य राजिव कोइरालाले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । मुस्लिम धर्मावलम्बीको पवित्र पर्वको रुपमा रमदान सुरु भएकामा सबैमा शुभकामना व्यक्त गर्नुहुदै सबैमा शुभकामना व्यक्त गर्नुभएको हो ।

केन्द्रिय सदस्य कोइरालाले मुस्लिम धर्मावलम्बीको यो पर्वले सबै धर्म र संस्कृति अँगाल्ने नेपाली बीच सौहार्दता र राष्ट्रिय एकताको भावना मजबुत पार्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले रमदानले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्नुहुदै मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न रमदानको महत्त्वपूर्ण भूमिका रहने केनिद्रय सदस्य कोइरालाले बताउनुभयो ।

रमदान सुरु भएको अवसरमा एक महिनाभर भोक तिर्खा बिर्सेर गरिने भक्तिले आदर्श जीवनयापनको माग देखाएको उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी नेपाली काङग्रेसका सुनसरी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले समेत मुस्लिम धर्मावलम्बीको महान पर्व रमदानको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको प्रस्तावनामै देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरिएको उल्लेख गर्नुहुदै जुनसुकै धर्म र संस्कृति अवलम्बन गर्ने हरेक नेपाली नागरिकको धार्मिक तथा सांस्कृतिक जीवनमा हर्षोल्लासका साथ सहभागी हुने अधिकार संविधानमा सुनिश्चित भएको बताउनुभयो ।

नेता कोइराला र भण्डारीले रमदानको अवसरमा शुभकामना व्यक्त गर्नुहुदै सबैमा सुःख समृद्धिको कामना गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]