११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

४० लाखको लागतमा पक्की नाला निर्माण र बाटो मर्मत सम्भारको काम

Logo
अजित झा प्रकाशित बुधबार, फाल्गुण ३०, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १ जेलफिल्ड ब्रहमदेव मेहताको घर देखि दक्षिण जानेबाटोमा नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको छ ।

इनरुवा नगरपालिकाको बजेटबाट ब्रहमदेव मेहताको घर देखि दक्षिण जानेबाटोमा नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको हो । इनरुवा नगरपालिकाको चालु आर्थिक बर्ष २०८०÷०८१ को बजेटबाट नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।

नगरपालिकाको ४० लाख ४६४ रुपैयाँ २३ पैसाको लागतमा पक्की नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीले बताउनुभयो ।

नगरपालिकाले पक्की नाला तथा बाटो मर्मत सम्भारका लागि ७६ लाख ३९ हजार ४१८ रुपैयाँ २३ पैसाको टेण्डर आह्वान गरेकोमा आर.एस. कन्ट्रक्सन जनकपुर धामले ४० लाख ४६४ रुपैयाँ २३ पैसामा निर्माण गर्ने भनि टेण्डर कवुल गरेको थियो । निर्माण कम्पनीले कवुल गरे अनुसारको पक्की नाला तथा बाटो मर्मत सम्भारको कार्य गरेको इनरुवा नगरपालिकाका उप–प्रमुख बिनिताकुमारी मेहताले बताउनुभयो ।

नाला तथा बाटो निर्माणको काम भएपछि स्थानीयवासी खुसी भएका छन् । बर्षाको समयमा हिलामय र सुख्खा समयमा धुलामयमा आवतजावत गर्नुपर्ने बाध्यता रहेकोमा पक्की नाला तथा बाटो मर्मत सम्भावरको काम भएपछि राहत महसुस भएको स्थानीय दिपेश्वर मेहताले बताउनुभयो ।

पछिल्लो समय इनरुवा नगरपालिकाले उपभोक्ता समितिलाई हटाएर टेण्डर प्रक्रियाबाट विकास निर्माणको कार्य गर्न थालेपछि विकास निर्माणको कार्यले गति लिएको मेहताले बताउनुभयो ।

उपभोक्ता समितिबाट बिभिन्न किसिमको पूर्वाधारको काम गर्दा ढिलो हुने, समयमा काम नहुने लगायतको समस्या हुदै आएकोमा टेण्डर प्रक्रिया मार्फत विकास निर्माणको कार्य अगाडि बढाएपछि समयमै सम्पन्न हुने भएको मेहताले बताउनुभयो । इनरुवा नगरपालिकाले टेण्डर प्रक्रिया मार्फत गरेको पक्की नाला तथा बाटो मर्मत सम्भारको काम राम्रो भएको मेहताले बताउनुभयो ।

स्थानीयवासीलाई पानी निकासको समस्या हुदै आएकोमा नगरपालिकाले गरेको नाला निर्माणले स्थानीयवासी पानी निकासको समस्याबाट मुक्ति पाएको मेहताले बताउनुभयो ।

पछिल्लो समय इनरुवा नगरपालिकाको स्रोत, साधन र बजेटले भ्याए सम्मको विकास निर्माणको काम गरिरहेको मेहताले बताउनुभयो । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिताकुमारी मेहता, इनरुवा १ का वडा अध्यक्ष प्रमोद पोखरेल र इनरुवा १ का वडा सदस्य प्रदिप ढकालको पहलमा पक्की नाला निर्माण र बाटो मर्मत सम्भावरको काम भएको स्थानीयवासीको भनाई रहेको छ ।–––

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]