११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

आजको राशिफल: २०८० चैत ५ गते सोमबार

Logo
नमो अनलाईन प्रकाशित सोमबार, चैत्र ०५, २०८०

तस्विर : फाईल

श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि. सं. २०८० साल चैत ५ गते सोमबार, १८ मार्च २०२४, पिङ्गल संवत्सर । फाल्गुन शुक्लपक्षको नवमी तिथि २३ः०३ बजेसम्म उप्रान्त दशमी, नक्षत्र आद्र्रा १८ः२२ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः०९ बजे र सूर्यास्त ०६ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहारसमेत हातलागी हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका स्रोत बढ्नुका साथै काम प्रारम्भ गर्ने समय छ । चिताएको योजना कार्यान्वयनमा आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ । आर्थिक क्रियाकलापमा समेत मनग्य फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]