०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

अडानी समूहले कूल लगानीको ७० प्रतिशत हरित ऊर्जामा लगानी गर्ने

Logo
रासस प्रकाशित सोमबार, चैत्र ०५, २०८०

तस्विर : फाईल

काठमाडौं ।  भारतको अडानी समूहले आफ्नो कूल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने अपेक्षा गरिएको स्रोतहरूले बताएका छन्। यसमा नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन र हरित निकासी प्रसारण लाइन समावेश छ। समूहले गुजरातको खावडामा विश्वको सबैभन्दा ठूलो नवीकरणीय पार्क बनाइरहेको छ। यो पाँच सय ३० वर्गकिलोमिटरभन्दा बढी भागमा फैलिएको छ।

स्रोतका अनुसार अडानी समूहले मुलुकको पूर्वाधार विकासमा ११ वटा सूचीबद्ध कम्पनीहरूको आफ्नो पोर्टफोलियोमार्फत आर्थिक वर्ष २०२४/२५ मा १४ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ चालु आर्थिक वर्ष २०२३/२४ मा गरेको लगानीको तुलनामा यो अनुमानित पूँजीगत खर्च ४० प्रतिशतले बढी हो। यो १० अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ।

नवी मुम्बई विमानस्थल, गङ्गा एक्सप्रेसवे, खावडामा विश्वको सबैभन्दा ठूलो नवीकरणीय पार्क र मुन्द्रा बन्दरगाहजस्ता ‘सोकेस’ परियोजनाका साथ भारतको सबैभन्दा ठूलो पूर्वाधार यस समूहले आगामी सातदेखि १० वर्षमा एक खर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

उक्त लगानीले भारतको ऊर्जा र यातायात परिदृश्यलाई परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। स्रोतका अनुसार कूल लगानीको एउटा ठूलो हिस्सा आफ्नो तीव्ररूपमा बढिरहेको विमानस्थल र बन्दरगाहहरूको व्यवसायको विस्तार र विकासका लागि छुट्ट्याइएको छ।

आगामी नवी मुम्बई विमानस्थल र १४ वटा घरेलु बन्दरगाहसहित आठवटा विमानस्थलको पोर्टफोलियोसँगै अडानी समूहले यी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउन चाहेको छ।डिसेम्बरको त्रैमासिकमा समूहले वार्षिकरूपमा ६३ दशमलव छ प्रतिशतको रेकर्ड त्रैमासिक इबिआईटिडिए (ब्याज, कर, मूल्यह्रास र ऋणमुक्तअघिको आम्दानी) वृद्धि हासिल गरेको छ। यसबाट क्यालेन्डर वर्ष २०२३ को १२ महिनाको इबिआईटिडिए नौ अर्ब ५० करोड अमेरिकी डलरको सर्वकालीन उच्चस्तरमा पुगेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भारत । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् । पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि […]

जनआन्दोलनपछि आफ्नो सुरक्षा चुनौती बढेपछि देश छाडेर भागेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूले देश छाड्नु परेको कारण बारे मुख खोलेकी छन् । बंगलादेशबाट निर्वासित भई भारतमा शरण लिइरहेकी हसिनाले देश छाडेको झन्डै एक सातापछि अमेरिकाले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् । सेन्ट मार्टिन टापु नछोडेकाले सत्ताबाट हटाउने योजना बनाइएको उनले बताएकी छन् । […]

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि राजधानी ढाकाका एक व्यक्तिलाई अत्तालिएकी आफ्नी बहिनीको फोन आयो। अविरुप सरकार एक बंगलादेशी हिन्दु हुन्, जो ९० प्रतिशत मुस्लिम जनसङ्ख्या भएको देशमा बस्छन्। अविरुपकी बहिनीको श्रीमान् बितिसकेका र उनी संयुक्त परिवारमा बस्छन्। यो परिवार ढाकाबाट करिब १०० किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रोकोनामा […]