११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

मन्त्री भगबती चौधरीको पहलमा बर्जुका आगलागी पिडितलाई राहत वितरण 

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, चैत्र ०६, २०८०

तस्विर : नमो अनलाईन

सुनसरी । बर्जु गाउँपालिका वडा नं. ४ का आगलागी पिडितका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको पहलमा राहत सामग्री वितरण गरिएको छ । युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ कार्यक्रममा भाग लिन अमेरिका पुग्नु भएको मन्त्री चौधरीको पहलमा नेपाल रेडक्रस सोसाइटीले आगलागी पिडित परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीले आगलागीबाट पिडित १६ घर परिवारका लागि आवश्यक राहत सामग्री वितरण गरेको रेडक्रस सुनसरी सभापति उमेश थापाले जानकारी दिए । आइतबार दिउसो ३ बजे बर्जु वडा नं. ४ स्थित जयनगर मुस्लिम टोलमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएका छन् । आगलागीबाट १६ घर परिवारका ८५ जनाभन्दा बढी प्रभावित बनेका छन् ।

रेडक्रसले पिडित प्रति परिवारलाई ११ थान आवश्यक राहत सामग्री वितरण गरेको छ । वितरण गरिएको सामग्रीहरुमा कम्बल, बाल्टी, भाडा सेट, डोरी, झुल, म्याट, त्रिपाल, प्लेन कपडा लगायत रहेका छन् । राहत वितरण रेडक्रस सभापति थापा, कोशी प्रदेश सभा सदस्य रामदेव यादव, बर्जु गाउँपालिकाकी उपमेयर नितुकुमारी चौधरी लगायतले वितरण गरेका थिए ।

आफ्नो निर्वाचन क्षेत्रका जनता आगलागीबाट पिडित भएको खबर सुन्ने वित्तिकै महिला बालबालिका मन्त्री चौधरीले आफ्ना सचिबालयका सदस्यहरुलाई तत्काल राहत, पुर्नस्थापना र उद्दारकालागि सम्बन्धीत निकायहरुसँग समन्वय गर्न निर्देशन दिनुभएको थियो । सोही मुताविक मन्त्री चौधरीको सचिवालयले रेडक्रस, जिल्ला प्रशासन, स्थानीय तहसँग समन्वय गरी तत्काल राहत उपलब्ध गराउन पहल गरेका थिए ।

मन्त्री चौधरीको सचिवालयले पिडित परिवारलाई पुर्नस्थापनाका लागि विभिन्न संघ, संस्थाहरुसँग समन्वय भइरहेको समेत जानकारी दिएको छ । मन्त्री चौधरीको स्वदेश फर्किए सँगै पिडितहरुको पुर्नबास व्यवस्थापनमा अल्पकालिन र दिर्घकालिन योजना बनाइने बताइएको छ । उहाँ २१ मार्च स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको थियो । आगलागीबाट सबै घर पूर्णरुपमा जलेको सितागन्ज ईलाका प्रहरी कार्यालयका प्रहरी ईन्चाज प्रेम बहादुर राउतले जानकारी दिएका छन् । बस्तीमा भएको आगलागीलाई सितागन्ज ईलाका प्रहरी कार्यालयको टोली विराटनगरसहित विभिन्न पालिकाबाट पुगेका ६ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]