०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

राखी सावन्तविरूद्ध मानहानिको मुद्दा

Logo
नमो अनलाईन प्रकाशित बुधबार, चैत्र ०७, २०८०

काठमाडौं । भारतीय अभिनेत्री राखी सावन्तविरूद्ध मानहानिको निवेदन दर्ता भएको छ।

उनीविरूद्ध मुम्बई एनसिबीको पूर्व क्षेत्रीय निर्देशक समीर वानखेन्डेले मानहानिको निवेदन दिएका हुन्। राखीसँगै उनका वकिल काशिफ अली खानविरूद्ध पनि निवेदन दिएका छन्।

समीरले राखीविरूद्ध आफ्नो छवि खराब गरेको आरोप लगाएका छन्। उनले यस मुद्दामा ११ लाख भारू क्षतिपूर्ति माग गरेका छन्।

भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार समीरले निवेदनमा एक अन्तर्वार्ताको बारेमा बताएका छन्। राखी र काशिफले आधारहीन कुरामा एक टेलिभिजनलाई आफ्नोविरुद्ध बयान दिएको बताएका छन्।

उक्त अन्तर्वार्तामा राखीले समीर वानखेन्डे मिडियाबाट चर्चा आउन सेलिब्रेटीहरूलाई निसाना बनाउँछन् भनेकी थिइन्। काशिफ अली खानले उक्त कुरालाई प्रोत्साहन दिँदै सामाजिक सञ्जालमा पोस्ट गरेको समीरको आरोप छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भारत । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् । पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि […]

काठमाडौं । आईफोन १६ सार्वजनिक हुन अब केही दिन मात्र बाँकी छ । यस पटक आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक हुने अनुमान गरिएको छ । अहिलेसम्म बाहिरिका जानकारी अनुसार ९ सेप्टेम्बरमा यी फोन सार्वजनिक हुनेछन् । आईफोनको यो नयाँ लाइनअप एआई, सफ्टवेयर अपडेट, क्यामेरा जस्ता अनेकन् […]

जनआन्दोलनपछि आफ्नो सुरक्षा चुनौती बढेपछि देश छाडेर भागेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूले देश छाड्नु परेको कारण बारे मुख खोलेकी छन् । बंगलादेशबाट निर्वासित भई भारतमा शरण लिइरहेकी हसिनाले देश छाडेको झन्डै एक सातापछि अमेरिकाले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् । सेन्ट मार्टिन टापु नछोडेकाले सत्ताबाट हटाउने योजना बनाइएको उनले बताएकी छन् । […]