११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

प्रहरी र कर्मचारीलाई सुन तस्करी प्रकरणमा कारबाही गर्न गृहले बनायो समिति

Logo
रासस प्रकाशित आइतबार, चैत्र ११, २०८०

तस्विर : नमो अनलाईन

काठमाडौं । ९ किलो र ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धानमा संलग्न प्रहरी अधिकारी र कर्मचारीलाई कारबाही गर्न गृह मन्‍त्रालयले समिति बनाएको छ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० ले गरेको छानबिन प्रतिवेदनले निजामती कर्मचारी र प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेसँगै त्यसलाई कार्यान्वयन गर्नका लागि गृहले समिति बनाएको हो।

गृहका सूचना अधिकारी एवं उपसचिव एकदेव अधिकारीका अनुसार कानून महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्‍य समिति बनाएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल र उपसचिव रामबहादुर शाही सदस्यहरू छन्। जाँचबुझ आयोगले प्रहरीका उच्च अधिकृत सहितलाई विभागीय कारबाहीको सिफारिस गरेको थियो।

तत्कालीन सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डिएसपीद्वय दुर्गा दाहाल र रूगम कुँवरले अनुसन्धानमा लापरबाही गरेको भन्दै कारबाही सिफारिस गरेको थियो।

‘आयोगले निजामती कर्मचारी र प्रहरी कर्मचारीको हकमा विभागीय कारबाही, निगरानीमा राख्नु, कसैलाई पुरस्कृत गर्नु भन्ने खालका कुराहरू छन्। त्यसलाई कार्यान्वयन गर्नका लागि यो समिति बनाइएको हो। विभागीय कारबाहीमा पनि कस्तो खालको कारबाही गर्ने हो यो समितिले बताउनेछ,’ उपसचिव अधिकारीले भने।

जाँचबुझ आयोगले चैत १ गते उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनले अनुसन्धान सिआइबीको कमजोरी समेत देखाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]