११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

पूर्ण महाकुम्भलाई भव्य बनाउन चतराधाम क्षेत्रमा सरसफाइ अभियान

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, चैत्र १३, २०८०

तस्विर : नमो अनलाईन

चतराधाम । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कुम्भ मेला परिसर प्राचीन हरिद्वार चतराधाममा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

मङ्गलवार बिहान उक्त क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो । चतराधामलाई सुन्दर, सफा तथा आकर्षक बनाउन र यही चैत्र २७ गतेबाट सुरु हुने बारवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर सरसफाइ कार्यक्रम आव्हान गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

आगमि चैत्र २७ गतेदेखि १ महिनासम्म वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई सफल बनाउन कुम्भ मेला स्थलमा नगरपालिले सरसफाइ कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्दै आएको छ ।

कुम्भ स्तम्भ अगाडि, कुम्भ परिसर क्षेत्रमा गरिएको सरसफाइ कार्यक्रममा नगर प्रमुख कार्की, वडाध्यक्षहरू, वडासदस्यहरू, चतरा अस्पतालका कर्मचारी, पदाधिकारीहरू, इलाका प्रहरी कार्यालय चतराको टोली, सशस्त्र प्रहरी वेश क्याम्प चतराका टोली, राजनैतिक दलका स्थानिय प्रतिनिधिहरू, पूर्वजनप्रतिनिधिहरू, स्थानिय सङ्घरसंस्थाका पदाधिकारी एवम् स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

वराहक्षेत्र धाम आउने पर्यटकहरूलाई थप आकर्षित गराउन र चैत्र(२७ गतेबाट आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई प्रचारप्रसार गर्ने उद्देश्यले सरसफाइको आयोजना गरिएको नगर प्रमुख कार्कीले बताए । कार्यभार सुरु गरेबाटै वराहक्षेत्रलाई सुन्दर र सफा नगरको रूपमा विकास गर्ने लक्ष्य सहित थालिएको सफा वराहक्षेत्र बनाउने अभियानलाई सार्थक बनाउन मेयर रमेश कार्की आफैँ सार्वजनिक स्थानमा झाडु र डस्बिन बोकेर निस्कने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]