०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

१४ बर्ष देखी पुरस्कार बिहिन रहेको सुनसरीले छात्र भलिवल तर्फ मारे बाजी

Logo
अमन बस्नेत प्रकाशित आइतबार, बैशाख ०२, २०८१

तस्विर : नमो अनलाईन

इटहरि । सुनसरीको इटहरिमा जारि १४ औ कोशि प्रदेश स्तरिय अन्तर जिल्ला रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।

तिन दिन सम्म संचालित खेल मा विभिन्न बिधामा बिभिन्न जिल्ला बाट उपस्थित खेलाडिहरु ले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरस्कार जित्न सफल भएका छन् ।

क्रमशः बिधालय, स्थानिय पालिका, जिल्ला हुदै प्रादेशिक प्रतिस्पर्धा का निमित्त उपस्थित भएका खेलाडिहरु ले यस पश्चात् केन्द्रिय खेलका निमित्त प्रतिस्पर्धा गर्नका लागि भोलि नै काठमाडौं जाने तयारि रहेको समेत जानकारी गराएका छन् ।

भलिबल तर्फ सहभागी टिम १४ जिल्ला मध्ये फाइनलमा छात्र तर्फ सुनसरी र मोरङ्ग बिचमा भएको खेलमा पहिलो सेट मोरङ ले जित्न सफल भएको थियो भने त्यस पश्चात् दोस्रो र तेस्रो सेट गुमाउन पुर्दा सुनसरी ले सहज जित निकाल्न सफल भएको थियो ।

तेस्तै गरि पुरुष तर्फै तृतीय स्थानका लागि झापा र ताप्लेजुङ्ग बिचमा हुने खेलमा ताप्लेजुङ्ग सहभागी नभएपछि झापा ले जित निकाल्न सफल भएको थियो ।

यता छात्रा तर्फ फाइनल खेल मोरङ र भोजपुर बिचमा भएको थियो भने खेल अत्यन्तै प्रतिकारात्मक अवस्थामा भोजपुरले मोरङ लाई सोजो सेटमा जित निकाल्न सफल रह्यो तेसै गरि छात्रा तर्फ तृतीय स्थानका लागि भएको सुनसरी र खोटाङ्ग बिचको खेलमा सुनसरिले जित हात पार्दै तृतीय स्थान ल्याउन सफल भएको छ ।

बिगत १४ बर्ष देखी पुरस्कार बिहिन अवस्थामा रहेको सुनसरीले आफ्नो कडा मिहेनत र सक्षम खेलाडि छनोटका कारण बिजय हासिल गर्न सफल भएको भन्दै जिल्ला भलिबल संघ सुनसरीका अध्क्षय ढुन्डिराज गुरागाईले प्रशंसा गर्दै आगामि दिनहरुमा बार्षिक कार्य योजना बनाई खेलकुदको आयोजना गर्ने बताए ।

खेलमा रास्ट्रिय प्रादेशिक तथा जिल्ला स्तरीय रेफ्रिहरुबाट खेल संचालन गरिएको र केन्द्र स्तरमा समेत जित निकाल्ने गरि प्रतिभावान खेलाडि छनोट गरिएको कोशि प्रदेश भलिवल संघका अध्क्षय खेम राईले जानकारी दिए ।

भलिबल तर्फको संयोजक गर्ने मौका पाएका कोसि प्रदेस भलिबल संघका उपाध्क्षय डम्बर लिम्बुले आगामि दिनहरुमा पनि सम्पुर्णको साथ र सहयोगका निमित्त अपिल गर्दै सबैमा धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाको आयोजनामा पालिकास्तरीय ७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बर्जु – ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले गर्नु भयो । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद […]

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा […]

इटहरि । सुनसरीको इटहरिमा जारि १४ औ कोशि प्रदेश स्तरिय अन्तर जिल्ला रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । तिन दिन सम्म संचालित खेल मा विभिन्न बिधामा बिभिन्न जिल्ला बाट उपस्थित खेलाडिहरु ले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरस्कार जित्न सफल भएका छन् । क्रमशः बिधालय, स्थानिय पालिका, जिल्ला हुदै प्रादेशिक प्रतिस्पर्धा […]