१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

आफना छोराछोरीलाई सामुदायिकमा पढाउनेलाई निःशुल्क स्वास्थ्य बिमा

Logo
नमो संवाददाता प्रकाशित सोमबार, बैशाख ०३, २०८१

तस्विर : नमो अनलाईन

गोरखा । सामुदायिक विद्यालयको कक्षा १ मा छोराछोरी भर्ना गर्ने अभिभावकलाई गोरखा नगरपालिकाले १ लाख रुपैयाँको स्वास्थ्य बिमा गरिदिने भएको । शैक्षिक सत्र २०८१/०८२ मा गोरखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा १ मा भर्ना हुने बालबालिका र उनका अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने कार्यक्रम ल्याएको नगरप्रमुख कृष्ण रानाले जानकारी दिए ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउने उद्देश्यले यो कार्यक्रम ल्याएको नगरप्रमुख रानाले बताए। ‘अहिले कक्षा एकमा भर्ना गर्ने परिवारको स्वास्थ्य बिमा गराउनेछौं।

आगामी वर्षमा हामी अरू कक्षामा भर्ना गर्ने अभिभावकलाई पनि सेवा क्षेत्र बढाउँदै लान्छौं’, रानाले भने, ‘सामुदायिक विद्यालयमा छोराछोरी पढाउने सबै अभिभावकलाई निःशुल्क स्वास्थ्य बिमा गराउँछौँ। उहाँहरूले १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा निःशुल्क रूपमा पाउनु हुनेछ।’

न्यून आर्थिक अवस्था भएका अभिभावकले सामुदायिक विद्यालयमा बालबच्चा पढाउने भएकाले उनीहरूलाई स्वास्थ्य सेवा पनि निःशुल्क दिने दायित्व नगरपालिकाले लिन यो कार्यक्रम लागू गरेको उनले बताए।

‘अहिलेसम्मको अवस्था हेर्दा सामुदायिक विद्यालयमा पढ्नेहरू आर्थिक अवस्था न्यून भएकाहरूका बच्चाहरू छन्। अलि हुनेखानेका बच्चाहरूचाहिँ बोर्डिङतिर पठाएका छन्’, उनले भने, ‘उनीहरूका लागि शिक्षा र स्वास्थ्य निःशुल्क दिने उद्देश्यले यो कार्यक्रम लागू गरिएको हो।’

यो कार्यक्रमका लागि यसवर्ष नगरपालिकाले १० लाख रुपैयाँ बजेट छुट्ट्याएको छ। विनियोजन गरिएको बजेट अपुग भए थप गरिने उनको भनाइ छ। यसबाट नगरपालिकालाई आर्थिक भार थप हुने भए तापनि जनताको सेवा पहिलो प्राथमिकता भएको मेयर रानाले बताए।

स्वास्थ्य बिमाको आकर्षणका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउने दर बढ्ने अपेक्षा लिएको मेयर रानाले बताए। निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमबारे प्रचार–प्रसार सम्बन्धित सामुदायिक विद्यालयका प्राध्यानध्यापकहरूले गर्ने उनले बताए।

भर्ना अभियानका क्रममा प्रधानाध्यापकहरूले आभिभावकलाई जानकारी गराउने उनले बताए। निःशुल्क स्वास्थ्य बिमा गराउने जिम्मेवारी पनि विद्यालयहरूलाई नै दिइने नगरपालिकाले जनाएको छ।

शिक्षकहरूमार्फत नै यो बिमा गराउने बताएको छ। ‘केही दिनअघि सबै प्रधानाध्यापकहरूको बैठकमा यो कार्यक्रमको जानकारी गराएका छौं’, उनले भने, ‘उहाँहरूबाट स्कुल–स्कुलमा प्रचार–प्रसार हुन्छ। यसबारे अभिभावकले जान्नु पर्दैन, शिक्षकले नै ल्याएर बिमा गराइ दिनुहुन्छ।’

सामुदायिक विद्यालयमा भर्ना भएका विद्यायार्थीको एकजना अभिभावकले बिमा गराएको भए पनि सेवा भने परिवारका पाँचजनाले पाउने छन्। ‘परिवारमा जो बिमारी परेता पनि एउटै कार्डबाट पाँच जनासम्मले उपचार सेवा पाउँछन्’, उनले भने । स्वास्थ्य बिमा गराइसकेका अभिभावकको हकमा भने यो कार्यक्रम लागु नहुने उनले बताए।

यो कार्यक्रमअन्तर्गतको उपचार सेवा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने जो कोहीले पाउने मेयर रानाले बताए। ‘नगरपलिकाभित्रको सामुदायिक विद्यालयमा जुन पालिका वा जुन जिल्ला वा जुन देशबाट ल्याएर भर्ना गरे पनि स्वास्थ्य बिमाको सेवा लिन सक्छन्’, उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]