०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

एसीसी प्रिमियर कप क्रिकेट : आज नेपाल हङकङसँग भिड्दै

Logo
नमो संवाददाता प्रकाशित सोमबार, बैशाख ०३, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

आज समूह ‘ए’ कै मलेसिया र कतार पनि बिहान पौने १२ बजे नै खेल्दैछन् । त्यस्तै आजै समूह बी अन्तर्गत ओमान् र यूएई तथा बहराइन र कुवेत खेल्दैछन् । दुवै खेल बेलुका पौने ५ बजे शुरु हुनेछ ।

यसैबीच एसीसी प्रिमियर कप अन्तर्गत हिजो भएको खेलमा घरेलु टोली ओमानले कम्बोडियालाई ६३ रनले हराएको छ । हिजै भएको अर्को खेलमा साउदी अरबियाले हङकङलाई ५५ रनले हराएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाको आयोजनामा पालिकास्तरीय ७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बर्जु – ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले गर्नु भयो । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद […]

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा […]

इटहरि । सुनसरीको इटहरिमा जारि १४ औ कोशि प्रदेश स्तरिय अन्तर जिल्ला रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । तिन दिन सम्म संचालित खेल मा विभिन्न बिधामा बिभिन्न जिल्ला बाट उपस्थित खेलाडिहरु ले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरस्कार जित्न सफल भएका छन् । क्रमशः बिधालय, स्थानिय पालिका, जिल्ला हुदै प्रादेशिक प्रतिस्पर्धा […]