१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

बिग्रियो त्रिभुवन विमानस्थलको एक्सरे स्क्यानिङ मेसिन

Logo
नमो संवाददाता प्रकाशित सोमबार, बैशाख ०३, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मेसिन नभएको भन्दै कार्गो व्यवसायीहरूले सामान निकासी गर्न बन्द गरेका छन् । विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्क्यानिङ) मेसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि नबनाएको भन्दै आइतबारबाट सामान निकासी गर्न बन्द गरेका हुन् ।

सोमबार विमानस्थल भन्सार कार्यालयमा व्यवसायीहरूले भेला भइ नेपाल पारवहन तथा गोदाम लिमिटेडले एक्सरे (स्क्यानिङ) मेसिनको सञ्चालन गर्दै आइरहेको र डेढ महिना हुँदा पनि बिग्रिएको मेसिन बनाउन नलागेको भन्दै उनीहरूले आफूहरूको काम बन्द गरेको बताए ।

उनीहरुले व्यापारीहरुले व्यापार गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । व्यापारको वातावरण नबनाइदिए तालाचाबी दिन आग्रह गर्दै त्यसपछि विदेश वा घर जाने भन्ने बारेमा निर्णय लिने चेतावनी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]