०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

आज वैशाख ०७ गते शुक्रबार, तपाईको दैनिक राशिफल

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, बैशाख ०७, २०८१

तस्विर : नमो अनलाईन

आज मिति वि.सं.२०८१ वैशाख ०७ गते शुक्रबार ई.सं.२०२४ अप्रिल १९ नेपाल सम्बत ११४४ चौलाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल एकादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वृद्धि योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:३५ बजे भयो भने सूर्यास्त साँझ ०६:३० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पराक्रम बढ्नेछ । साथीभाइको साथ प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ भने धन यश मान वृद्धि हुने समय छ । मनोकूलको काम बन्नेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । आजको दिन सकभर अरुको भर नपरेकै बेस हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मान महत्व वृद्धि हुने तथा पुरस्कार प्राप्तिको सम्भावना रहेपनि पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । कसैसंग सामान्य मनमुटावको सम्भावना छ । आफन्तको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ । आर्थिक दृष्टिले समय राम्रै छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यताको लागि आजको दिन खानपानमा विशेष ध्यान दिनुहोला । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): लगानी वृद्धि हुनेछ । अरुको सहायता प्राप्त हुनेछैन । रसरागमा आकर्षण बढ्नेछ । आफ्नै बल विवेकले काम बन्नेछ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): यशवर्चश्व वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्ला । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुनेछ । जग्गा जमिनबाट पनि लाभ मिल्नेछ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): यश, वर्चश्व बढ्नेछ । उच्चाधिकारीको साथ मिल्ला । तथापि, न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही पर्खनुहोला । स्वास्थ्यमा सामान्य कमजोरी हुन सक्छ । खर्च पनि वृद्धि हुने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सफलताको लागि केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्न सक्छ । तर, मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । धर्मकर्ममा निष्ठा बढ्ला । आरोग्यता रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कार्यमा जोखिम बढ्नेछ । खर्च वृद्धि होला । दौडधुप तथा अस्तव्यस्तता वृद्धि हुन सक्छ । यसका बाबजुद चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । पारिवारिक असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । चोटपटकबाट बच्न विशेष ध्यान दिनु हितकर होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दामपत्य सुखशान्ति बढ्नेछ । आरोग्यता पनि वृद्धि होला । साझेदारीको काममा सफलता प्राप्त गर्नुहुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ । यात्रामा सफलता हात पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आरोग्यता वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै उत्साह बढ्ला । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी वृद्धि होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रेमभाव बढ्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोला । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यस्तता बढेपनि प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भोगविलासमा आकर्षण रहला ।

तपाईको दिन शुभ रहोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]