०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

हुण्डीको २२ लाख रकमसहित दुई जना पक्राउ

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, बैशाख ०७, २०८१

तस्विर : नमो अनलाईन

वीरगन्ज । वीरगन्जबाट प्रहरीले हुण्डीको ठूलो रकमसहित दुई जना नेपालीलाई पक्राउ गरेको छ। वीरगन्ज-१० आदर्शनगरस्थित रुंगटा मार्केटभित्रबाट शुक्रबार दिउँसो प्रहरीले श्रोत खुल्न नसकेको नेपाली २२ लाख ५ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वमा खटिएको टोलीले रुंगटा मार्केटभित्र रहेको एक आईएमईमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरू दुवै जना नेपाली नागरिक रहेका छन्

तर उनीहरूको परिचय भने प्रहरीले खुलाएको छैन। पक्राउ परेकामध्ये एक जना आईएमईका सञ्चालक र अर्का व्याक्ति उक्त आईएमईमा भारतबाट रकम ओसारेर ल्याउने भरिया रहेको प्रहरी श्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले श्रोत खुल्न नसकेको २२ लाख ५ हजार रुपियाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे।

उनले भने,‘बरामद रकमसहित दुवैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। त्यसकारण उनीहरूको परिचय सार्वजनिक गरिएको छैन।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]