०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

आज वैशाख ०८ गते शनिबार तपाईको दैनिक राशिफल

Logo
नमो अनलाईन प्रकाशित शनिबार, बैशाख ०८, २०८१

तस्विर : नमो अनलाईन

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कार्य-व्यवहारमा प्रगति हुने समय छ । आशा उत्साह र पराक्रम बढ्ला । साथीभाइको साथ प्राप्त हुनेछ । यात्रामा सफल रहला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): धन सम्पत्ति र मान महत्व वृद्धि हुने समय छ । मित्रजनको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । सवारी साधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवाद हुनसक्छ, सावधानी अपनाउनुहोला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): शुभता र आरोग्यता बढ्नेछ । ख्याति फैलिनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि जित तपाईंकै हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । लगानी तथा खर्च वृति होला । अरुको सहयोगको भर नपर्नु हितकर होला । परिश्रमको राम्रै प्रतिफल प्राप्त भएपनि आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा खिन्नता महसूस हुन सक्छ । रसरागमा भने आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ । विजयश्री प्राप्त होला । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल बढ्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, सावधान रहनुहोला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सुख शान्ति सौभाग्य वृद्धि हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । आरोग्यता रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन अरुको भरमा नबस्नु हितकर रहला । जोखिम बढ्नेछ । खर्च बढेपनि आर्थिक पक्ष सुदृढ बन्नेछ । स्वास्थ्यप्रति विशेष ध्यान दिनु उचित हुनेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा पनि सोचेजस्तो रमाइलो नहुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): उन्नति पदोन्नतिको योग छ । साझेदारीको काममा सफलता प्राप्त गर्नुहुनेछ । मनोरञ्जनपूर्ण समय रहेको छ, तर आजको दिन अनावश्यक यात्राबाट भने जोगिनु हितकर हुनेछ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमसम्बन्ध वा दाम्पत्य जीवनमा सामान्य चिसोपन देखिन सक्छ । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आरोग्यता वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व बढ्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । नचिताएको स्थानबाट धन आगमन हुने सम्भावना छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । आज बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम भइ व्यवहार गर्नुहोला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रेमभाव बढ्नेछ र इष्टमित्रको साथ मिल्ने समय छ । सन्तानसुख बढ्ला । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्ने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन अरुको भर नपर्नु हितकर हुनेछ । व्यस्तता र दौडधुप वृद्धि होला । भय, भ्रम र खर्च बढ्ने योग छ । भोगविलासमा आकर्षण रहला । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]