०४ जेठ २०८२, शनिबार
17-05-2025 , Sat
×

क्लासिक भ्यु रिसोर्टले १० लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्दै

Logo
नमो संवाददाता प्रकाशित आइतबार, बैशाख ०९, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं । क्लासिक भ्यु रिसोर्ट लिमिटेडले आईपीओ निष्काशनको गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १४ प्रतिशत अर्थात १०० अंकित दरका १० लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

क्लासिक भ्यू रिसोर्ट बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित १९ रोपनीको क्षेत्रफलमा निर्माणधिन अवस्थामा रहेको छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ ।

रिसोर्टको अध्यक्ष मुकुन्द राज कुँवरलगायत अन्य सञ्चालक तथा संस्थापक सेयरधनीहरुको रियल इस्टेट लगायत अन्य व्यवसायमा एक दशक भन्दा बढीको अनुभव हासिल गरेको विज्ञ टिमद्धारा सञ्चालित क्लासिक भ्यु रिसोर्ट आर्थिक रुपमा समेत बलियो रहेकोले समयमा नै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी व्यवसायीक रुपमा सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]

काठमाडौं । आइतबार, नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ अंक विन्दुमा आइपुगेको छ । आज ९६ लाख ९७ हजार कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, १७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । त्यसैगरि, मल्टीपर्पस […]

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बढेको भएको भन्सार विभागले जनाएको छ । साउनदेखि चैत मसान्तसम्मको विवरणअनुसार १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापारमा १० खर्ब बढीको व्यापार घाटा भएको हो । विभागको तथ्यांकअनुसार १० महिनाको बीचमा सबैभन्दा बढी व्यापार घाटा भारतसँगको […]