०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

२०८१ वैशाख १५ गते शनिबारको राशिफल

Logo
नमो अनलाईन प्रकाशित शनिबार, बैशाख १५, २०८१

आज मिति वि.सं.२०८१ वैशाख १५ गते शनिबार ई.सं.२०२४ अप्रिल २७ नेपाल सम्बत ११४४ चौलागा तृतिया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण तृतीया, चन्द्रमा वृश्चिक राशिमा, जेष्ठा नक्षत्र, परिधि योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: २७ बजे, सूर्यास्त साँझ ०६: ३५ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विभिन्न अवसरले पछ्याउने दिन छ । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुनेछन् भने व्यापार-व्यवसायमा फाइदा होला । तपाईंको प्रतिभाले अरुलाई आकर्षित गर्नेछ । आरोग्यता रहनेछ । आफन्तसुख प्राप्त होला । पराक्रम बढ्ने र साथीभाइको साथ प्राप्त हुने योग छ । यात्रामा सफलता प्राप्त होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय अलिक प्रतिकुल रहन सक्छ, सावधान रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्नेछ । सहयोगीहरू समेत प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । अनियन्त्रित बोलीले समस्या उत्पन्न गर्न सक्छ । आरोग्यता रहनेछ । आफन्तको सहयोग प्राप्त होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुने समय छ । आजको दिन आफन्तहरू भने टाढिएको महसूस होला । निकटतम् सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । मान महत्व बढ्नेछ र सुख शान्ति प्राप्त हुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न भइहाल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काममा उत्साह थपिने दिन छ । मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । राजनीति र नोकरीमा प्रसिद्धि बढ्ला । आम्दानी बढ्ने योग छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्ला । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने समय छ । रोकिएका काम बन्नेछन् तर काम बने पनि कार्यबोझ थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् । आरोग्यता रहनेछ । सुख वृद्धि होला । शुभता बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन मिश्रित फलदायी रहला । मौसमी रुघाखोकी तथा आँखासम्बन्धी समस्याले सताउन सक्छ, सावधान रहनुहोला । स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । मिठो भोजन प्राप्त हुनेछ । हासविलास खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मनोकूलको काममा सफलता मिल्नेछ । ख्याति फैलिनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । काममा अलिक प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौती देखापरेपनि कोसिस गर्दा अवसर मिल्न सक्छ । रसरागको भाव बढ्ला । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय लाभदायक देखिन्छ । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । सहयोगीहरूले साथ र हौसला दिनेछन् । व्यावसायिक काममा राम्रै फाइदा हुने योग छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । शुभ समाचार प्राप्त हुनेछ । आयस्रोत वृद्धि हुनेछ । समयले साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । आजको दिन व्यावसायिक यात्राको सम्भावना छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिएला । सामान्य चोटपटक लाग्न सक्छ, सावधान रहनु हितकर होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आकस्मिक खर्च बढ्ने दिन छ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ । घरायसी समस्याले पनि सताउने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग छ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विस्तारै अनुकूलता बढ्नेछ र पनि आँटेका काम मुस्किलले बन्नेछन् । खर्च अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने समय छ । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । सन्तानसुख बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका मिल्न सक्छ । उत्तरार्द्ध भन्दा पूर्वार्द्ध बढी अनुकूल रहला । दामपत्यसुख बढ्नेछ । भोगविलासमा आकर्षण रहला ।

तपाईको दिन शुभ रहोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]