०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

आईतबारको दिनमा सूर्यभगवानको पुजा आजा गर्नाले मिल्नेछ चमत्कारिक लाभ

Logo
नमो संवाददाता प्रकाशित आइतबार, बैशाख १६, २०८१

तस्विर : फाईल

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता काम गर्नुहुँदैन ? लगायतका यावत विषयमा धर्मशास्त्रमा सविस्तार वर्णन गरिएको पाइन्छ । जसले मानव जीवनलाई संस्कारी बनाएको हुन्छ ।

आज आइतबार । ज्योतिष शास्त्रमा आइतबारका दिन केही महत्वपूर्ण कार्य गर्नाले उसले सफलता पाउने उल्लेख गरिएको छ । ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो ।

ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । के तपाई कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र राशी सवै मिलाएर काम गर्दा तपाईलाई सफलता मिल्छ ।मानिहरुले कुनै पनि शुभकार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ । हिन्दुधर्म शास्त्र अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवात लगायतका विषयहरुमा तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ।

 

कुनै पनि शुभ कार्य गर्नुपर्दा सवैभन्दा पहिले गणेशको पूजा गर्नुपर्ने हुन्छ । ज्योतिषशास्त्र अनुसार आइतबार के के काम गर्दा सफलता मिल्छ भन्ने बारेमा यहाँ प्रस्तुत गरिएको छ । आइतबारका दिन राज्याभिषेक गर्ने, मन्त्र–उपदेश गर्ने, गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, औषधी निर्माण गर्ने, गाईगोरु किनबेच गर्ने, हवन गर्नाले लाभ हुने शास्त्रमा उल्लेख गरिएको छ ।

 

शास्त्रानुसार आइतबारका दिन सुन, तामा, उनी, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार गर्नु उपयुक्त मानिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]