०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

साउन १ गतेदेखि विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने

Logo
नमो संवाददाता प्रकाशित शनिबार, जेठ १९, २०८१

तस्विर : नमो अनलाइन

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ ।

सम्झौता अनुसार साउन १ गतेबाट ५ वर्षको लागि हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको हो।

शुक्रबार भएको सम्झौता अनुसार हस्पिटलको तर्फबाट प्रबन्धक नारायण खडका,कोडिनेटर विनय कुमार मानन्धर र बिमा बोर्डको तर्फबाट यसोदा अर्याल र संगम घिमिरेले हस्ताक्षर गरेका छन् । विराट मेडिकलले अत्याधुनिक प्रविधिबाट उच्चस्तरीय सेवा दिँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]