०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

गोरु काटेर भोज गर्नेहरुलाई राजनीतिक दलहरुको साथ !

जसपा अग्र स्थानमा
Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, भाद्र ०७, २०८०

सामाजिक सञ्जाल

हरिनगर । सुनसरीको धरान–११, मङ्गबारे चोकमा साउन ३० गते गोरु काटेर सार्वजनिक भोज गरिएको घटनामा राजनिकदलहरुको मौन समर्थन रहेको पाईएको छ ।

धरानको मङ्गलबारेमा मंगलबार मात्र गोरु काटेर जेल परेका दोषीहरु जेल बाहिर आएको खुशीयालीमा गोरु नै काटेर भोज लगाइएको भन्दै सामाजिक सञ्जालमा तस्विर तथा भिडियोहरु अपलोड भएका थिए। आदिवासी जनजातिको अधिकारको पक्षमा काम गर्दै आएका संघसंस्थाका प्रतिनिधि तथा क्रिस्चियन सोसाइटीका प्रतिनिधीहरु सो सहभोजमा सहभागी भएका खबरहरु स्थानीय सञ्चार माध्यमहरुले प्रकाशन\प्रशारण गरेका थिए।

सो घटनामा बिभिन्न राजनीतिक दलहरुको मौन समर्थन रहेको पाईएको छ। राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ताहरुको सामाजिक सञ्जालमा गरिएको पोस्टहरु हेर्दा राजनीतिक दलहरुको मौन समर्थन रहेको प्रस्ट बुझ्न सकिन्छ । जसमा जसपामा आबद्ध नेता कार्यकर्ताहरु अग्र स्थानमा रहेको छ ।

मधेश प्रदेश जसपाका एक नेता ललिता बिद्रोही तत्माले “खानेलाई खान दिनु पर्छ” भन्ने अभिव्यक्ति दिएका थिए जस्कारण उहाँको बिरोध भए पछी उहाँले आफ्नो शब्द पछि वापस लिएका थिए।

यसै बिच जसपा सुनसरी जिल्ला सदस्य प्रभु नारायण यादवले पनि गाई गोरु काट्नेहरुको समर्थन गरिरहेको पाईएको छ। अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको फोनकल रेकर्ड अनुसार “गाई गोरु खानेले खान्छ” , “जसलाई राम्रो लाग्छ त्यसले खान्छ”, धर्म निर्पेक्ष राष्ट्र हो”,” सबैले आफ्नो अनुसार गर्न पाउँछ” “हामी कसैलाई बन्चित गर्दै नौ” यादवले भनेको कुरा उक्त रेकर्डमा प्रस्ट सुन्न सकिन्छ । अगाडि भनेका छन् “हामी ब्राह्मण क्षेत्रिको लागि लड्दै नौ “मधेशी, मुस्लिम, जनजाति, अदिवासी, दलित मिलेर देशमा हावी हुन्छौ “।

यस संगै अन्य बिभिन्न राजनीतिक दलमा आबद्ध भएकाहरुले समेत समर्थनमा लेखि रहेको, बोलिरहेको देख्न सकिन्छौ। देशको बहुसंख्यक सनातन हिन्दू धर्म मान्नेहरुको आस्था सँग सँगै संबिधानले बर्जित गरेको कुरालाई ख्याल न गर्दै कथाकथित केही व्यक्तिको समुले खुल्ला रुपमा गाई गोरु काटेर खाँदा राजनीतिकदलहरु चुपचाप बस्नुले पनि मौन समर्थन रहेको बुझिन्छ। देसको सार्वभौमिक्ता, अखण्डता र समरसताको भावलाई बिखण्ड गर्ने नियतले सञ्चालन भईरहेको गतिविधिलाई राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको अभिव्यक्तिले थप बल मिली रहेको छ।

नेपालको संविधानको धारा ९ उपधारा (३) मा नेपालको राष्ट्रिय जनावरको रूपमा गाईलाई राखिएको छ। त्यस्तै, मुलुकी अपराध (संहिता) ऐन, २०७४, भाग २, परिच्छेद–२७ मा गाई गोरु काट्न नहुने उल्लेख छ। गाई गोरुलाई कुटी अङ्गभङ्ग भएमा निजलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था मुलुकी अपराध संहिताले गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]