०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

हसिनाले बंगलादेश छाड्नु पर्ने कारण यस्तो रहेछ, सबै षडयन्त्र अमेरिकी

Logo
एजेन्सी प्रकाशित आइतबार, साउन २७, २०८१

जनआन्दोलनपछि आफ्नो सुरक्षा चुनौती बढेपछि देश छाडेर भागेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूले देश छाड्नु परेको कारण बारे मुख खोलेकी छन् । बंगलादेशबाट निर्वासित भई भारतमा शरण लिइरहेकी हसिनाले देश छाडेको झन्डै एक सातापछि अमेरिकाले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् ।

सेन्ट मार्टिन टापु नछोडेकाले सत्ताबाट हटाउने योजना बनाइएको उनले बताएकी छन् । यस टापुको अधिग्रहणले अमेरिकालाई बंगालको खाडीमा प्रभाव स्थापित गर्न मद्दत पु¥याउने थियो। उनले बंगलादेशका जनतालाई कट्टरपन्थीबाट भ्रममा नपर्न सचेत गराएकी छन् । शेख हसिनाले आफ्ना नजिकका सहयोगीहरूमार्फत पठाएको सन्देशमा यस्तो बताएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

इकोनोमिक टाइम्सले यस्तो सन्देश हसिनाबाट आफूहरुलाई प्राप्त भएको समेत बताएको छ । विद्यार्थीहरुको चर्को विरोधपछि शेख हसिनाले अगस्ट ५ मा पदबाट राजीनामा दिएकी थिइन् । उनी भारतमा सुरक्षित स्थानमा बस्दै आएकी छिन् । सन्देशमा हसिनाले भनेकी छन् ‘मैले शवको जुलुस नहेर्नुस् भनेर राजीनामा दिएको हुँ ।

उनीहरू विद्यार्थीको शवमाथि सत्तामा आउन चाहन्थे, तर मैले त्यसो हुन दिइनँ। मैले प्रधानमन्त्री पदबाट राजीनामा दिएँ । अवामी लिगका नेतृ समेत रहेकी हसिनाले भनेकी छन्, ’यदि मैले सेन्ट मार्टिन टापुको सार्वभौमसत्ता त्यागेको भए र अमेरिकालाई बंगालको खाडीमा आफ्नो प्रभुत्व स्थापित गर्न दिएको भए म सत्तामा रहन सक्थेँ। म मेरो देशका जनतालाई आग्रह गर्दछु, कृपया कट्टरपन्थीहरूको भ्रममा नपर्नुहोस् ।

हसिनाले आफू देशमा बसेको भए धेरै मानिसको ज्यान जाने र धेरै स्रोतसाधन नष्ट हुने भएकाले जिद्दी नगरेको बताएकी छन् । मैले देश छोड्ने धेरै कठिन निर्णय लिएँ। म तिम्रो (बंगलादेश) नेता भएँ किनभने तिमीले मलाई चुन्यौ, तिमी मेरो शक्ति हौ। उनले अवामी लिगका नेताहरुको हत्याको निन्दा गर्दै आफू छिट्टै स्वदेश फर्किने आश्वासन दिएकी छन् । उनले आफ्नो सन्देशमा भनेकी छन्, ‘धेरै नेताको हत्या भएको खबर सुन्दा निकै दुःख लागेको छ । श्रमिकलाई दुव्र्यवहार भइरहेको छ ।

उनीहरुको घरमा तोडफोड र आगजनी भइरहेको छ । सर्वशक्तिमान अल्लाहको कृपाले म चाँडै फर्कनेछु। अवामी लिग बारम्बार उठेको छ । म सधैं बंगलादेशको भविष्यको लागि प्रार्थना गर्नेछु । बंगलादेशको आरक्षण आन्दोलन र विद्यार्थीहरूको विरोधको सन्दर्भमा हसिनाले भनेकी छन्, ’म बंगलादेशका युवा विद्यार्थीहरूलाई दोहोर्याउन चाहन्छु। मैले तिमीलाई कहिले रजाकार भनिनँ । तिमीलाई उत्तेजित गर्नका लागि मेरा शब्दहरू घुमाइएको थियो।

पुरा भिडियो हेरिदिनु हुन अनुरोध गर्दछु । षड्यन्त्रकारीहरूले तपाईंको निर्दोषताको फाइदा उठाएर देशलाई अस्थिर बनाउन प्रयोग गरेका छन्। बंगलादेशमा आरक्षण विरोधी आन्दोलन सुरु हुनुअघि नै शेख हसिनाले संसदमा अमेरिकाले आफ्नो देशमा सत्ता परिवर्तनको रणनीति बनाइरहेको बताएकी थिइन् । पार्टी नेताहरुको बैठकमा हसिनाले अमेरिकाको नाम नलिई बङ्गालको खाडीमा सैनिक अड्डा बनाउन दिएमा सरकारलाई कुनै समस्या नहुने बताएकी थिइन् ।

हसिनाले बंगालको खाडीलाई रणभूमि बन्न नदिने पनि बताइन् । इकोनमिक टाइम्सले जागिर कोटाको बिरूद्ध आन्दोलन गरिरहेकाहरू वास्तवमा विदेशी तत्वहरूको हातबाट नियन्त्रित रहेको जसले वास्तवमा बंगलादेशमा शासन परिवर्तनको षड्यन्त्र गरिरहेको उल्लेख गरेको छ । हसिनाका निकट अवामी लिगका नेताहरूले ढाकाको शासन परिवर्तनको लागि अमेरिकालाई दोष दिएका छन् ।

उनीहरुले गएको मेमा ढाकाको भ्रमण गरेका एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञले नै यो सबै षडयन्त्रको नेतृत्व गरेको आरोप लगाएका छन् । नेताहरूले अमेरिकी कूटनीतिज्ञहरूले हसिनालाई चीनविरुद्ध उभिन दबाब दिएको समेत आरोप लगाएका छन् । हसिनाले विद्यार्थी आन्दोलन चल्दै गर्दा चीनको भ्रमण गरेकी थिइन । त्याहा भएका सम्झौताहरु अमेरिकी योजना अनुरुप नभएपछि झनै अमेरिकी अधिकारी रुष्ट भएको समेत अवामी लिगका नेताहरुको दाबी छ ।

अमेरिकी राजदूत पिटर हास बंगलादेश नेसनलिस्ट पार्टीको पक्षमा रहेको समेत आरोप लगाएका छन् । उनको कार्यकाल गत जुलाईमा सकिएको थियो । अमेरिकी सरकारले मानवअधिकार र निर्वाचन प्रक्रियालाई लिएर ढाकाको लगातार आलोचना गर्दै आएको छ। फेरि हसिना भारतमा निर्वासन भएलगत्तै उनको अमेरिकी भिसा रद्द गरिदिएको छ । हसिनाका छोरा भने परिवारसहित अमेरिकामा नै बस्दै आएका छन् ।

हसिनाले देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार बनेको छ । जसलाई देशमा सुरक्षा वहाल राख्दै निर्वाचन गराउनु पर्ने म्यान्डेड दिइएको छ । चुनाव घोषणा हुना साथै हसिना स्वदेश फर्किने उनका छोरा सजिव वाजेद जोयले समेत बताइसकेका छन् । पछिल्लो समय बंगलादेशमा समेत हसिनालाई स्वदेश फर्काउन भन्दै प्रर्दशन सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भारत । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् । पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि […]

जनआन्दोलनपछि आफ्नो सुरक्षा चुनौती बढेपछि देश छाडेर भागेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूले देश छाड्नु परेको कारण बारे मुख खोलेकी छन् । बंगलादेशबाट निर्वासित भई भारतमा शरण लिइरहेकी हसिनाले देश छाडेको झन्डै एक सातापछि अमेरिकाले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् । सेन्ट मार्टिन टापु नछोडेकाले सत्ताबाट हटाउने योजना बनाइएको उनले बताएकी छन् । […]

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि राजधानी ढाकाका एक व्यक्तिलाई अत्तालिएकी आफ्नी बहिनीको फोन आयो। अविरुप सरकार एक बंगलादेशी हिन्दु हुन्, जो ९० प्रतिशत मुस्लिम जनसङ्ख्या भएको देशमा बस्छन्। अविरुपकी बहिनीको श्रीमान् बितिसकेका र उनी संयुक्त परिवारमा बस्छन्। यो परिवार ढाकाबाट करिब १०० किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रोकोनामा […]