०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

देवानगञ्जमा ग्राम शुद्धिकरण महायज्ञ, १५०० बढी स्वधर्म हिन्दूमा फर्किए

Logo
नमो संवाददाता प्रकाशित आइतबार, भाद्र १६, २०८१

तस्विर : नमो अनलाईन

देवानगञ्ज । पिता परमेश्वरको नाममा विभिन्न प्रलेभनमा पारी स्व धर्म धर्म त्याग्न लागाई क्रिस्चियन बनाएकाहरु पुनः सनातन धर्म हिन्दुमै फर्कन थालेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिकाका दुई हजार बढीलाइ एक कार्यक्रमको आयोजना गरी मन्त्र उच्चारणका साथ स्वधर्ममा फर्काएका छन्।

देवानगञ्जका यतिका मानिसलाई विश्व हिन्दू परिषद नेपालका धार्मिक अभियन्ताहरुले पहल गरेर पुनः हिन्दू धर्ममै फर्काएका हुन् । यसरी परम्परादेखि मानेको धर्ममा फर्कनेमा सबै भन्दा बढी दलित समुदायका छन् । शनिबार आयोजित धार्मिक सभामा धार्मिक बिधि अनुसार मन्त्र उच्चारणका साथ पुष्प वर्षा गर्दै स्वधर्ममा फर्काएका हुन्।

विश्व हिन्दू परिषद नेपालले गाउँ सुद्ध्याइँका लागि गरेको धार्मिक सभामा पाँच ठाउँमा हवन कुण्ड बनाइएको थियो । हवनको नजिकै बसेर बाटो बिराएकाहरुले प्रायश्चित गरेका थिए । हिन्दु धर्मको बारेमा गलत तथा भ्रामक कुरा गरेर बिभिन्न प्रलोभन देखाई धर्म परिवर्तन गराएर क्रिश्चियन बनाउनेहरुको अभियानलाई अब विफल पार्ने स्थानीयको भनाइ छ ।

गरिव आदिवासी जनजाति समुदायका मानिसलाई धर्म परिवर्तन गरेर क्रिश्चियन बनाउने अभियानमा विदेशी सहयोगको बलमा गैर हिन्दुहरु लागेको परिषदका अभियन्ताहरुले बताए ।

उक्त कार्यक्रमको बिषिश्ठ अतिथि संघीय सांसद किरण साहले विभिन्न राजनीतिक आस्था, जातजाति र समुदायमा विभाजित मनहरुलाई एकतावद्ध गराउनु र सनातन धर्म संस्कृतिको संरक्षण गरेर अगाडी बढनुपर्ने बताएका छन् । त्यसैगरी कार्यक्रममा कोशी प्रदेशका प्रदेश सभा सदस्य भीम पराजुलीले सनातम धर्म, संस्कृतिलाई संरक्षण गरेर लैजानुपर्नेमा जोड दिए । उनले प्रभाव, दबाब र प्रलोभनमा परेर हाम्रो धर्म र संस्कृतिमाथि ह्रास आइरहेको बताए । ‘कतिपय वाह्य दवाव,प्रभाव,प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म, सनातनीय संस्कारमा ह्रास आएको छ’ उनले भने, ‘अब हामीले हाम्रो धर्म बचाउनु छ । संस्कृतिको रक्षा गर्नु छ ।’

कार्यक्रममा विश्व हिन्दु परिषद नेपाल कोशीका अध्यक्ष देवेन्द्र गुप्ताले विभिन्न धार्मिक कार्यक्रम अघि बढाउन, हिन्दू धर्मको रक्षाका महायज्ञ लगाएको बताए । शिक्षा, संस्कृति, साहित्व र समाजलाई जोगाउनका लागि सबै नागरिक एक ठाउँमा उभिनुपर्ने उल्लेख गर्दै मुलुकको रक्षा हिन्दू धर्म र संस्कृतिले मात्र जोगाउन सक्ने उनले बताए ।

हिन्दु स्वयंसेवक संघ नेपालका सहसचिब महेन्द्र साहले सनातन धर्मको संरक्षण र रक्षाको लागि एक जुट भएर अगाडी बढेको सन्देश दिन गाउँ – गाउँमा महायज्ञ लगाएर अगाडी बढने बताए । देवागञ्चमा भएको जस्तै महाज्ञ अन्य ठाउहरुमा पनि हुने उनले बताए । पछिल्लो समय नेपालमा संस्कृत विषयको अध्ययन र गुरुकुल पद्दतिको पढाइमा वृद्धि भएकोप्रति खुसी समेत व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]