०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

अन्तत बन्ने भयो दुहवी बहुउद्देश्यीय ब्यापारीक भवन : नगर प्रमुख गच्छादारद्वारा शिलान्यास

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, आश्विन १७, २०८१

तस्विर : नमो अनलाईन

विराटनगर । अनेक परिस्थिति र बाधा अड्चन पारगर्दै अन्तत सुनसरीको दुहबीनगरपालिका वडा नम्बर ५ मा बहु उद्देस्यीय ब्यावासायीक भवन अब भने बन्ने भएको छ । आज बिहिबार नगर प्रमुख वेदनारायण गच्छादारले बर्षादको समयमा पनि धार्मिक अनुष्ठानका साथ उक्त बहुउद्देस्यीय ब्यापारीक भवनको शिलान्यास गरेका हुन ।

७० बर्षदेखि अनाधिकृत रुपमा नगरपालिकाको स्वामित्व रहेको जग्गा ओगटेर बनेका अबैद्य घर टहरा दुह्बी नगरपालिका ले गत २०८०/१/५ मा खाली गराएको थियो। उक्त स्थानमा दुहबीलाइ सुन्दर र आधुनिक बजारको रुपमा बिस्तार गर्न बहुआयामिक भवन निर्माण गर्ने सोचले नगर प्रमुख बेद गच्छादारले ठुलै आँट र हिम्मतका साथ दर्जनौ डोजर प्रयोगगरी टहरा खाली गराएका थिए ।

क्रमश उनले नगर पालिकाको सार्वजनिक सम्पति ब्यक्तिले भोग गर्नु भन्दा आम जनताको सम्पत्ति होस, र हरेक नगरबासीले कुनै न कुनै माध्यमले उपयोग गर्न पाउन भन्ने उदेश्यले बाकी रहेका ३ वटा प्लट पनि खाली गराए भने पहिलो खाली प्लटमा दुहबी बहुउद्देश्यीय ब्यापारिक भवनको कन्सेप्ट लिएर तत्काल डिपि आर गराएका थिए।

 

घर टहरा खाली गराएको १ बर्ष नपुग्दै २०८० साल चैत्र ४ गते आइतबारका दिन नगर बिकाष कोष का CEO कृष्ण प्रसाद सापकोटा र दुहबी नगर प्रमुख वेदनारायण गच्छादार बिच ६०/४० सह लगानीका लागी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौतामा अनुमानित लागत ३२ करोड ८४ लाख २९ हजार रहेको भएता पनि ठेक्का प्रकृयामा एसोसियट जिक्याम बैकुन्ठ जे भी ललितपुरले भ्याट र कन्टिजेन्सि सहित २० करोड २ लाख ८७ हजार ९७ रुपैया ७४ पैसामा २०८१ साल असोज ८ मा संझौता गरेको थियो। सम्झौतामा २०८३ साल असोज १० गते निर्माण सम्पन्न गरिसक्नु पर्ने उल्लेख छ।

भवनको शिलान्यास पछि बोल्दै नगर प्रमुख गच्छादारले अरुको रिस डाहा र इर्ष्याले आफु स्वयमलाइ सिध्यान सक्ने हुदा नकारात्मक होइन सकारात्म्क सोचले अगाडी बढे हरेक सफलता मिल्ने र समग्र दुहबीले परिवर्तनको मुहर फेर्न सक्ने बताए। परिवर्तन हरेक ब्यक्तिलाइ चाहिएको छ, तर आफु परिवर्तन हुन चाहादैनन , परिवर्तन म गर्छु भन्न सक्दैनन, परिवर्तनको नेतृत्व लिन रिस्क मोल्न सक्नु पर्छ, बिरोध र गालि सहन सक्नु पर्छ अबिचलित तथ्य र रुपान्तरणको लागी हिम्मत साहस ले कदम अगाडी बढाउन पर्छ अनि मात्रै सफलताको शिखर चुम्न सकिन्छ, यहि हो परिवर्तन उनले भने ।

दुहबीलाइ ‘ डेथ सिटि बाट लाइभ सिटिमा ‘ बदल्न सिङ्गो नगरबासी , युवापिँढी र बुद्दिजिबि हरुले सोच परिवर्तन गर्न अब ढिला गर्नु हुदैन नत्र दुहबीको दुर्भाग्य हुनेछ भन्दै उनले दुहबी बहुउद्देश्यीय सपिङ कम्प्लेक्स सिलान्यास गर्न पाउदा आफुमात्रै हैन समग्र दुहबीबासी मा खुशी छाएको महसुश गरेको जनाए ।
उनले बिल्डअप एरियाका कारण दुहबीको कोशी मार्ग साँघुरो भएकोले बजारको दुर्दशा भएको, ले यसलाइ चौडा बनाउन अदालात नगै सहजिकरण गरिदिन बजारबासी लाइ आग्रह गरेका छन्।

उपप्रमुख मेनुका खतीवडाले बाल्यकाल देखिनै सुन्दै आएको पुर्वकै पुरानो बजार र ठुलो बजार अहिले कुरुप र सुन्य लाग्ने अबस्था आउनु आधुनिकिकरण को उपयोग नगर्नु कारक रहेको बताइन ।

वडा नम्बर ५ का अध्यक्ष रमेश रौनियारले बजार बिस्तार र सुन्दर अनि बृहत दुहबी निर्माणमा मा केहि ब्यक्ति मुख्य बाधक रहेको हुदा कालान्तरमा त्यस्ता ब्यक्ति लाइ बजारबासीले नि नङ्याउने छन भन्दै आक्रोश ब्यक्त गरेका छन्। उनले ३२८३ जनसंख्या रहेको दुहबी ५ मा ६९३ घरधुरी छन त्यस्मा ९७ % बजार बिकाशको पक्षमा रहेपनि बाकि ३% को बिरोधी मानसिकताले अदालात मा मुद्दा हाल्दा आज आफ्नो वडा बर्षादमा जलमग्न हुन्छ भने चाडबाडमा दोकान शुन्य हुन थालेको गुनासो पोखे । कर्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत हिमालय बरालले गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]