०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

टिभेटको गुणस्तर सुधारका लागि आई ल्याब (iLAB) कोशी टिमको सक्रियता

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, आश्विन २२, २०८१

तस्विर : नमो अनलाइन

विराटनगर । प्राबिधिक तथा व्यवासायिक शिक्षा र तालिम (TVET) को गुणस्तर सुधारका लागी दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारको नेतृत्वमा TVET Board मार्फत कोशी आइल्याब टिमले सकृयता बढाएको छ ।

सिटिइभिटी तथा प्रदेश सरकारले सञ्चालन गरेको औद्योगिक प्रशिक्षार्थी (Appreticeship) तालिमका लागी अघिल्लो बर्षहरुमा आवेदन नै कम पर्ने गरेको समस्यालाई सम्बोधन गर्न कोशी आईल्याब टिमको सकृयतामा दुहबी र रामधुनी नगरपालिकामा औद्योगिक प्रशिक्षार्थी तालिमका बारेमा अभिमुखिकरण तथा वृत्ति पथको बारेमा कार्यक्रम सम्पन्न गरिएको छ ।

तालिमका लागी आवेदन कम पर्ने, कम आवेदनबाट छनौट गर्नुपर्दा राम्रो मान्छे तालिमका लागी नआउने, उद्योगमा बसेर काम गर्दा बिचैमा छोडेर जाने जस्ता समस्या रहेकोमा कोशी आइल्याब टिमले युवाहरुमा औधोगिक प्रशिक्षार्थी सम्बन्ध्ी जागरण ल्याउन समुदाय स्तरमा पुगेर अभिमुखिकरण गरेको हो । यस कार्यक्रमलाइ दुहबी नगरपालिका वडा न. ८ र रामधुनी नगरपालिकामा सम्पन्न गरिएको थियो भने यी कार्यक्रमहरुबाट १७५ जना युवा औद्योगिक प्रशिक्षार्थीहरुले Dual-VET Apprenticeship कार्यक्रममा लागि आवेदन फारम बुझाएका छन् l

काठमाडौ विश्वविद्यालय र सिमेट, इटिएच जुरिचको सहकार्यमा सञ्चालित शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला कार्यक्रम (iLAB) अन्तरगत छनौट भएको कोशी टिमले स्थानीय सरकार, प्राबिधिक शिक्षालय र निजि क्षेत्रको सहभागितामा गठन भएको TVET Board मार्फत काम गरिरहेको छ ।

दुहबी नगरपालिका प्रमुख वेदनारायण गच्छदारका अनुसार वैदेशिक रोजगारीमा शारीरिक सुरक्षा र जोखिमको सम्भावना धेरै रहेको उल्लेख गर्दै स्वदेशमा आफ्नै घरपरिवारसित एकै ठाउँमा बसेर रोजगारी गर्नुमा धेरै फलदायी हुने बताए ।

उनले दुहबी नपाले औद्योगिक प्रशिक्षार्थीलाई १९.५ महिना औद्योगिक अभ्यास र ३.५ महिना शिक्षालयमा अध्ययन गराउने उद्योगलाई व्यावसायिक करमा ५ प्रतिशत छुट दिने निर्णय गरेको जानकारी गराए। साथै दुहबीका ६ वटा सामुदायिक माध्यमिक विद्यालय र २ वटा संस्थागत विद्यालयमा संचालित कक्षा ९ र १० का बिद्यार्थीहरुलाई दिने वृत्ति परामर्श कार्यक्रममा ९ को ६ वटा सेसनमा थप १ सेसन निजि क्षेत्र संग सहकार्य गरि निजि क्षेत्रका संचालक/बिज्ञहरुबाट शिक्षाको संसारमा रहेका बिद्यार्थी हरुलाई कामको संसार बारे ‘ श्रम संसार ‘ अभिमुखीकरण सेसनको राख्ने निर्णय भएको र यसकालागी पालिका र स्कुलसंग वृत्ति परामर्श कार्यक्रमको सम्झौतामा थप एक सर्त राखी हस्ताक्षर गरिने उनले जनाए ।

त्यसैगरि रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले अहिलेको समयमा शैक्षिक अध्ययनको प्रमाणपत्र मात्र भएर नपुग्ने चर्चा गर्दै हरेक युवायुवतीले आफ्नो रुचि र सामर्थ्य अनुसारको सिप र प्रविधिको ज्ञान हासिल गर्नु अनिवार्य भएको बताए।

दुहबी नगरपालिका र रामधुनी नगरपालिका अन्तर्गतका रोजगार सूचना केन्द्र, उधम विकास शाखा र शिक्षा शाखाको समन्वयमा मनमोहन स्मृति प्रतिष्ठान र उद्योग संगठनको सहकार्यमा संचालित यस कार्यक्रममा, अरिहन्त मल्टीफाइबरका HR Manager नारायण लामिछाने, नेपाल युवा महासंघका अध्यक्ष राघब कोइराला, रिद्धि सिद्धि गार्मेन्टकि संचालक, महिला उधमी लक्ष्मी घिमिरे समेतको उपस्थिति रहेको थियो।

अरिहन्तका नारायण लामिछाने सरका अनुशार Apprenticeship कार्याक्रम अन्त्यन्त प्रभाबकारी रहेको र यस कार्यक्रममा अरिहन्त मल्टी-फाइबरले २०७५ साल बाट नै मनमोहन स्मृति प्रतिष्ठान संग सहकार्य गर्दै आइरहेको जानकारी दिनु भएको थियो भने नेपाल युवा महासंघका अध्यक्ष राघब कोइरालाले यस कार्यक्रममा धेरै भन्दा धेरै युवा जोडिनु हुन र उद्योगलाई चाहिने खालको पबिधिक बन्न सुभकामना दिनु भएको थियो।

यस कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकृत हरि प्रसाद दाहाल, उद्योग संगठन मोरंगका महानिर्देशक चुडामणि भट्टराई, मनमोहन स्मृति प्रतिष्ठानका प्राचार्य/प्रिन्सिपल सुदिप अधिकारी, ENSSURE परियोजनाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रदेश सरकारले संचालन गरेको यस कार्यक्रममा स्थनीय सरकारले गरेको सहकार्य उत्साहजनक रहेको र यसले अन्तरसरकारी समन्व्य बढिरहेको साथै प्रदेश सरकार र स्थानीय सरकारको प्राबिधिक शिक्षामा उल्लेखनीय चासो वृद्धि भएको देखिएको छ।

औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रममा निजि क्षेत्रको महत्वपुर्ण भूमिका हुने भएकोले निजि क्षेत्र आफै कार्यक्रमको सूचना प्रचार प्रसार र वृत्ति परामर्श देखि नै जोडिनु नौलो र सिर्जनात्मक अभ्यास रहेको थियो। आइ ल्याब को सकृयता सगै दुहबीमा अहिले प्राबिधिक शिक्षा तथा सिप बिकाश तालिमका लागी सहभागी हरुको घुंइचो लाग्ने गरेको छ। बृत मार्गनिर्देशन सिकाइ काक्षा ९/१० मा मात्रै रहे पनि हाल दुहबिले कक्षा ८ मा समेत सन्चालन गर्ने तयारी गरेको छ। बृत मार्गनिर्धेशन तालिम का कारण हाल प्राबिधिक शिक्षा तर्फ भिड बढ्ने गरेको छ्।

यसलाइ आइ ल्यावले हप्ताको ६ दिनमा एक पिरियड अलग्गै राखि सम्बन्धित उद्योग र बिज्ञ मार्फत शिक्षण सिकाइ गरिने समेत आइ ल्याब प्रतिनिधि ले जनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]