०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

रास्वापा गढि गा.पा. वडा अध्यक्षको उम्मेदवारीमा पुर्व प्रहरी निरिक्षक देखि युवा इन्जिनियरहरू आकांक्षी

Logo
नमो संवाददाता प्रकाशित सोमबार, कार्तिक २६, २०८१

तस्विर : नमो अनलाइन

गढी। सुनसरी गढी गाउँपालिका वडा न. ६ मा मङ्सिर १६ गते हुन गइरहेको आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिने आकांक्षीहरुको चार पक्षिय प्रतिष्पर्धा हुने भएको छ।

बिगत लामो समयदेखि स्थानिय नागरिकहरुलाई झुटा आश्वासन बाडी नागरिकको जिवनस्तर उकास्न पहल नगर्ने पुराना दलहरुको रबैया चिर्नको लागि भनेर राष्ट्रिय स्वतन्त्र पार्टी को तर्फ बाट चुनाव चिन्ह घन्टी मार्फत रिक्त रहेको वडा अध्यक्षमा उम्मेदवारी दिने हरुमा पुर्ब प्रहरी निरिक्षक अबधलाल यादब, स्वास्थ्य प्राबिधिक प्रदिप कुमार राय, युवा इन्जिनियरहरू शाशी कुमार साहु र श्यामलाल मन्डल सम्मको उम्मेदवारी परेको हुनाले रास्वपा नेतृत्वलाई उम्मेदवार छनौट गर्ने हम्मे हम्मे परेको छ।

पार्टीको प्राबधान अनुसार सबै आकांक्षी उम्मेदवार हरुलाई आन्तरिक मतदान प्रक्रिया मा सहभागी गराएर स्थनिय पार्टी प्रतिनिधि हरु माझ नै मतदान गराइ लोकप्रिय उम्मेदवार छनौट गरिने सुनसरी जिल्ला संयोजक जीवन कुमार श्रेष्ठले बताउनु भयो।

आज गढी गाउपालिका वडा न ६ मा माननीय अशोक कुमार चौधरी, केन्द्रिय सदस्य निशा मेहता, कोशी प्रदेश प्रवक्ता कमल बाबु मैनाली, प्रदेश समिति सदस्य देबराज अधिकारी, प्रदेश संगठन सचिव निरज कटुवाल, प्रदेश महिला बिभाग सदस्य राधिका थापा, जिल्ला संयोजक जीवन कुमार श्रेष्ठ, निर्वाचन क्षेत्र समिती सचिव राजाराम मेहता, गढी गाउपालिका वडा न. ६ संयोजक प्रदिप राय, स्थानिय बुद्धिजीवी डा. राज कुमार यादव, यादव लगायत उपस्तिथ सयौ स्थानिय हरुका माझ सम्पन्न एक कार्यक्रममा आउदो निर्वाचनका लागि उम्मेदवारी आव्हान तथा छनौट कार्यहरु सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]