०६ साउन २०८२, मंगलबार
22-07-2025 , Tue
×

सुनसरीमा स्वतन्त्र पत्रकारहरू एक हुँदै, गठन भयो नयाँ कार्य समीती

Logo
नमो संवाददाता प्रकाशित सोमबार, कार्तिक २६, २०८१

तस्विर : नमो अनलाइन

इनरुवा । राजनीतिक दलसंग आस्था राख्ने तर स्वतन्त्र रूपमा पत्रकारीता गरिरहेका पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ नेपालले सुनसरीमा नयाँ कार्यसमिति चयन भएको को छ । दुहबीका अग्रज पत्रकार अकबर अलिको अध्यक्षतामा हाललाइ १७ जना सदस्यहरू रहनेगरी कार्यसमिति चयन गरिएको हो ।

सोमबार ईनरुवामा भएको पत्रकारहरूको भेलाले वरिष्ठ उपाध्यक्षमा गणेश कुमार यादव उपाअध्यक्षमा जुगेश्वर कुमार दास ( जुगेश बाबु ), सचिवमा रबिन्द्र कुमार यादव सह सचिवमा मोहसिम अंसारी , कोषाध्यक्षमा तजमुल हुसेन सह कोषाध्यक्षमा रन्जना राजवंशि सदस्यहरूमा

राजन कुमार साह , लुकमान अन्सारी , फिरोज आलम , पार्वती चौधरी , अर्जुन चौधरी, अभिसेक मण्डल , रुपेस मोची , समसेर आलम लगायत रहेका छन ।

पत्रकारहरूकै भेलाले दुहबीका जेष्ठ एवम अग्रज पत्रकार प्रेम प्रसाद गिरि लाई केन्द्रिय पार्षदमा मनोनित गरिएको छ । तेसै गरी कोशी प्रदेश पार्षदमा लुकमान अन्सारी लाई मनोनित गरिएको छ।

सुनसरीमा पत्रकारहरूको संख्या दिन प्रतिदिन थपिदै गएको बिद्यमान अवस्थालाइ मध्यनजर गर्दै अधिकांस पत्रकारहरू राजनीतिक दलसंग आवद्ध रहि उनिहरूकै संगठन तर्फ केन्द्रित बनेपछि स्वतन्त्र रूपमा जो कुनै राजनीतिक दलहरूसंग आवद्ध नभइ स्वच्छ रूपमा काम गर्दै आएका पत्रकारहरूको हक हित तथा संरक्षणका निमित्त सुनसरीमा पनि स्वतन्त्र पत्रकारहरू छन भनेर देखाउन तथा पहिचान गराउन यो संघको स्थापना गरिएको स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य प्रेम प्रसाद गिरिले बताए ।

भेलामा स्वतन्त्र पत्रकार संघ नेपालका कोशि प्रदेश संयोजक तथा बरिष्ठ पत्रकार देवेन्द्र ढुंगानाले नव निर्वा्चित पदाधिकारीहरूलाइ अविरको टिका लगाएर स्वतन्त्र रूपमा पत्रकारीता गर्न सुभकामना सहित सुझाव दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]