०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

नोवेल मेडिकल कलेज र वडा नं. ४ बीच उपचारमा विशेष छुटसम्बन्धी सम्झौता

Logo
जुगेस दास प्रकाशित सोमबार, मंसिर २४, २०८१

तस्विर : नमो अनलाइन

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार, वडा नं. ४ का बासिन्दाहरुले अस्पताल सेवामा २५ प्रतिशत, अपरेसन शुल्क र औषधिमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। साथै, सामाजिक सुरक्षा कोष अन्तर्गतका विरामीहरुले नियमानुसार २० प्रतिशत सहभुक्तानी छुट पाउने व्यवस्था पनि गरिएको छ।

यो सुविधा प्राप्त गर्नका लागि बिरामीले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। सम्झौता २०८१ मंसिर २३ गतेदेखि लागू भई २०८२ असार मसान्तसम्म कायम रहने छ।

यो सहमति वडाबासीहरुलाई सुलभ उपचार सेवा प्रदान गर्ने उद्देश्यले गरिएको र स्वास्थ्य सेवामा सुधार ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]