०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

मुकुमलुङ संरक्षण पदयात्रा सुरू, सरकारद्वारा सुरक्षा व्यवस्था कडा

Logo
जुगेस दास प्रकाशित बिहिबार, फाल्गुण ०८, २०८१

ताप्लेजुङ।  लिम्बू समुदायको आस्थाको केन्द्र मुकुमलुङ (चोतलुङ) को संरक्षणका लागि आजदेखि ताप्लेजुङमा व्यापक पदयात्रा सुरू भएको छ। “नो केवल कार” अभियानअन्तर्गत आयोजित यस आन्दोलनमा स्थानीय अधिकारवादी, पहिचानवादी नागरिक तथा विभिन्न क्षेत्रबाट आएका आन्दोलनकारीहरूको सहभागिता रहेको छ।

पदयात्राको उद्घाटन कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपाल का केन्द्रीय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री  राजेन्द्र महतो को उपस्थिति रहेको छ। साथै, आन्दोलनमा लिम्बू समुदायका अगुवा, अधिकारकर्मी, विद्यार्थी, स्थानीय बासिन्दा तथा अभियन्ताहरू सहभागी भएका छन्। उनीहरूले मुकुमलुङ क्षेत्रमा केवलकार निर्माणको विरोध गर्दै सांस्कृतिक तथा धार्मिक पहिचानको रक्षा गर्न माग गरेका छन्।

यस आन्दोलनलाई मध्यनजर गर्दै संघीय सरकारले ताप्लेजुङका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। सामुदायिक प्रहरी र सशस्त्र प्रहरीको तैनाती बढाइएको छ भने आन्दोलनकारीहरूको गतिविधि निगरानीमा राखिएको छ। यसले आन्दोलनमा प्रहरी हस्तक्षेप हुन सक्ने सम्भावना बढाएको छ।

राष्ट्रिय मुक्ती पार्टिका योद्धा एवं हिन्दी भाषा अभियानी रमन पाण्डेय, सन्तोष मेहता, सीएम थारू, प्रेम थुलुङ, बेबीराज भण्डारी लगायतका नेताहरूको उपस्थिति रहेको छ। रमन पाण्डेयका अनुसार आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढाइनेछ, तर राज्य पक्षबाट कुनै दमन भए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

आन्दोलनकारीहरूले सरकारलाई धार्मिक तथा सांस्कृतिक आस्थामाथि हस्तक्षेप नगर्न आग्रह गरेका छन्। उनीहरू मुकुमलुङ संरक्षणका लागि दृढ रहेको बताउँदै केवलकार परियोजना तत्काल स्थगन गर्न माग गरिरहेका छन्।

राजेन्द्र महताेका अनुसार कसैकाे धर्मलाई बिनास गर्न कसैलाई अधिकार छैन । आज शान्तिपर्ण ढङ्ले पदयात्रा गर्दै सरकारलाई ध्यानाकर्षण गराउँछु , यदपी केवल कार प्राेजेक्ट तुरून्त बन्द  गरेन भने चरमबन्ध आन्दोलन गर्छाै । सरकालाई पछि हट्नै पर्छ ।

पदयात्राको आगामी घटनाक्रम तथा राज्यको व्यवहार कस्तो रहनेछ भन्ने प्रतीक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]