०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

जिवन विकासको आयोजनामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, भाद्र २८, २०८०

देवानगञ्ज । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र प्राङ्गणमा जिवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड हरिनगर शाखाको आयोजनामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

हरिनगरा प्राथमिक स्वास्थ्य केन्द्र सह-आयोजक रहेको उक्त शिविरमा रामलाल गोल्छा आँखा अस्पताल, बिराटनगरले प्रविधिक सहयोग गरेको थियो ।

बिहिबार सम्पन्न भएको उत्त नि: शुल्क आँखा जाँच शिविरमा ३२० जना स्थानीयले आँखा जाँच गराएका थिए जस मध्ये ५७ जना मोतियाबिन्दुको बिरामी फेला परेको थियो ।

मोतियाबिन्दु भएको ५७ जनालाई नि:शुल्क सल्यक्रियाको लागि रामलाल गोल्छा आँखा अस्पतालबिराटनगर पठाईएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]