०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

तराई-मधेशका जनताको समस्या बुझ्न जनतासँग माओवादी अभियान : प्रचण्ड

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, फाल्गुण १५, २०८१

तस्विर : नमो अनलाइन

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद विरुद्ध संघर्षको झण्डा उठाउन सहयोग पुग्ने उनले बताए ।

दक्षिणी भेगमा बसोबास गर्ने जनताले विविधखाले समस्या व्यहोरिरहेको उल्लेख गर्दै उनले देशको सीमा रक्षकको रूपमा रहेका जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि यो अभियान फलदायी हुने विश्वास व्यक्त गरे । दक्षिण क्षेत्रका जनताले डुबान र कृषि मलको समस्या व्यहोरिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस क्षेत्रका आदिवासी समुदायको पहिचानको मुद्दा पनि उत्तिकै महत्त्वपूर्ण भएको बताए ।

यस्तै उत्पीडित क्षेत्रका जनसमुदायको मुक्तिका लागि महान् जनयुद्ध भएको स्मरण गराउँदै उनले नयाँ संविधानमार्फत धेरै समस्यालाई नीतिगत रूपमा सम्बोधन गरिए पनि व्यवहारिक कार्यान्वयनमार्फत जनताको अवस्था बदल्दै आवश्यक परे संविधान संशोधनमार्फत उत्पीडित समुदायको अधिकार थप्दै लैजाने बताए ।

अहिले सत्तारुढ दलहरू जनताको अधिकार थप गर्नुको साटो भएको अधिकार पनि कटौती गर्ने षड्यन्त्रमा लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यी षडयन्त्रविरुद्ध जनतालाई सचेत बनाउँदै आवश्यक परे संघर्षमा उत्रन समेत आह्वान गरे । उत्पीडित वर्गको पक्षमा संघर्षको माओवादीले गर्ने उल्लेख गर्दै उनले यो अभियान त्यसका लागि सचेतना अभियान पनि भएको बताए ।

हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान सकिएपछि वैशाखदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम जागरण अभियान सुरु हुने र दुवै अभियान सकिँदासम्म जनताले थप अजयशक्ति प्राप्त गर्ने र त्यसले जनताको अधिकारविरुद्ध जस्तो जस्तोसुकै षड्यन्त्रलाई पनि परास्त गर्ने उनले स्पष्ट गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]