०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

बर्जुमा कार्यरत कर्मचारीहरुको ७२ घण्टे अल्टिमेटम, काम गर्ने सहज वातावरण सिर्जना गर्न माग

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, फाल्गुण २१, २०८१

तस्विर : नमो अनलाइन

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।

पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ बजेको समयमा कर्मचारी बैठकका लागि उपस्थित भएका गाउँपालिकाका पुर्वाधार शाखा प्रमुख (ईन्जिनियर) राेशन गुप्तालाई बर्जु गाउँपालिका वडा नं.६ निवासी श्रवण कुमार चौधरीले अभद्र व्यवहार गरेकोले असुरक्षित भएकाछाैं । “

ज्ञापनपत्रमा उल्लेख गरे अनुसार बर्जु प्रशासन शाखामा कर्मचारीको बैठक बसीरहेको समयमा एक्कासी प्रवेश गरी ” मलाई चिन्छस म को हो भन्दै गाली गलौच गरेको कुटपिट गरुला झै गरी जाइ लागेको साथै लेखा शाखामा गई लेखा प्रमुखलाई समेत हप्की दप्की गरेको ” र मिति २०८१/११/१९ गते समेत निजले प्रमुख प्रशासकीय अधिकृत, विपद व्यवस्थापन शाखा प्रमुख, योजना शाखा प्रमुख लगायत सम्पुर्ण कर्मचारीहरुलाई अपमानजनक शब्द प्रयोग गरी गाली गलौच गरेको हुदाँ सम्पुर्ण कर्मचारीको काम गर्ने मनोवल खस्किएको छ सार्वजनिक सेवा प्रवाहमा ऐन, कानुन, एवम नियमको परिधिमा रही अहोरात्र आफ्नो कर्तव्य निर्वाह गरिरहेको राष्ट्रसेवक कर्मचारी माथी कार्यस्थलमा अमानविय व्यवहार एवम घटनाको घोर भत्सर्ना एवम निन्दा गर्दै अविलम्व सत्यतथ्य छानविन गर्दै दोषी उपर कडा भन्दा कडा कार्बाहीको लागि जोडदार माग गर्दछौं, भनिएको छ ।

 बुझाएको ज्ञापनपत्रमा “यस किसिमका घटना र प्रवृतिहरु बारम्बार कर्मचारी माथी दोहरी रहदा सम्पूर्ण कर्मचारीहरु असुरक्षित महशुस गरी रहेकोले सुरक्षाको प्रत्याभुती नभए सम्म कार्यालयमा बसी कामकाज गर्न नसकिने अवस्था रहेकोले तत्काल सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट सम्पुर्ण कर्मचारीहरुलाई काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गरेका छन्। अन्यथा चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने व्यहोरा जानकारी समेत गराएका छन्।

उक्त ज्ञापनपत्रकाे बोधार्थ जिल्ला प्रशासन कार्यालय, सुनसरी, बर्जुका उपाध्यक्ष, वडा अध्यक्षहरुलाई दिएको छ ।

यो भन्दा अगाडी पनि उक्त पालिकामा कार्यरत कर्मचारीहरु कुटिएको घट्ना विभिन्न समाचार माध्यममा बाहिरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]