०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

लुम्बिनी प्रदेश सरकारका गाडीको निर्लज्ज दुरुपयोग  कर्मचारी मदिरा र जुवामा मस्त

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, चैत्र ०८, २०८१

तस्विर : नमो अनलाइन

सुनसरी । लुम्बिनी प्रदेश सरकारका कर्मचारीहरूले जनताको करबाट सञ्चालन हुने सरकारी गाडीको निर्लज्ज दुरुपयोग गर्दै मदिरा र जुवामा मस्त भएको खुलासा भएको छ । दाङको राप्ती गाउँपालिका–५, भुल्केमा सरकारी नम्बर प्लेट भएका गाडी पार्किङ गरी मन्त्रालयका कर्मचारीहरू खुलेआम मदिरा सेवन गर्दै जुवा खेलिरहेको दृश्य सार्वजनिक भएको छ ।

बा २ झ १४१३, बिएए १२६१, बा २ झ ३५६१, बिएए ०९११ विएए १३१६ नम्बर प्लेट भएका स्कोर्पियो गाडीहरू र केही मोटरसाइकल सरकारी कार्यालयका नाममा दर्ता गरिएका हुन्, जसलाई व्यक्तिगत विलासिताका लागि निर्लज्ज रूपमा प्रयोग गरिएको देखिन्छ ।

सरकारी सम्पत्तिको यसरी खुल्लमखुल्ला दुरुपयोग हुनु निन्दनीय मात्र होइन, गम्भीर अपराध पनि हो । तर,मन्त्रालय प्रशासन भने मौन बसेको छ । स्थानीयबासीहरू यस्ता गैरजिम्मेवार कर्मचारीहरूलाई तत्काल कारबाही गर्न माग गरिरहेका छन् ।

जनताको करबाट खरिद गरिएका गाडीहरू सरकारी कामका लागि प्रयोग हुनु पर्ने हो । तर, तिनै कर्मचारीहरू ती साधनलाई व्यक्तिगत रमाइलो, मस्ती, र उच्छृंखल गतिविधिका लागि दुरुपयोग गरिरहेका छन् । यस्तो भ्रष्टाचारलाई निरुत्साहित गर्न प्रदेश सरकार किन चुप छ ?

यस्तो गैरजिम्मेवार र भ्रष्ट व्यवहार रोक्न सम्बन्धित निकायहरूले छानबिन गरी संलग्न कर्मचारीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग स्थानीयहरूले गरेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]