०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

कोशी प्रदेशमै पहिलो पटक भूमिहीनलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, चैत्र २६, २०८१

तस्विर : नमो अनलाइन

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ।

नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रम राष्ट्रिय भूमि समाधान आयोग, सुनसरीको समन्वयमा देवानगञ्ज गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयद्वारा आयोजना गरिएको हो।

यस कार्यक्रमले विगत लामो समयदेखि भूमिविहीन अवस्थामा जीवन यापन गर्दै आएका दलित तथा सुकुम्बासी समुदायलाई स्थायी बसोबासको सुनिश्चितता गर्दै उनीहरूलाई सम्मानपूर्वक जीवन जिउन सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमका सभाध्यक्ष देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता रहनु भएको थियो। उहाँले कार्यक्रमको उद्घाटन गर्दै देवानगञ्ज गाउँपालिकाले सामाजिक न्याय र समावेशीतालाई व्यवहारमा उतार्ने गरी काम गरिरहेको उल्लेख गर्नुभयो। “भूमिविहीनलाई जग्गा अधिकार दिनु मात्र विकासको मूल आधार हो,” उहाँले भन्नुभयो, “ “हामी सानो सुरुवात गरेका छौँ। पालिका भरी रहेका सुकुम्बासीहरुको समस्या समाधान गर्न लागि परेका छौं। क्रमशः हामी उहाँहरुको समस्या समाधान गर्दै जाने छौं। “चुनावमा गरेको वाचा अनुरुप काम गर्दै छु, काम गर्ने क्रममा विभिन्न समस्या उत्पन्न हुन्छ जसकारण ढिलो हुन जान्छ, आज जसरी छ जनाले पाए यस्ले झन उत्साहित भएको छु। यसरी नै बाँकी रहेकाहरुको समस्या समाधान गर्ने प्रतिबद्धता गर्दछु उनले भने।

कार्यक्रमका प्रमुख अतिथि भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले सरकार र स्थानीय तहबीचको सहकार्यमार्फत देशभरका भूमिविहीन नागरिकलाई न्याय सुनिश्चित गर्न आयोग प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले देवानगञ्ज गाउँपालिकालाई पहिलो स्थानीय तहको रूपमा प्रमाण–पुर्जा वितरण गरेकोमा बधाई ज्ञापन गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि आयोगका विज्ञ सदस्य डा. जगत बस्नेतले यो कदमले सामाजिक रुपान्तरणको नयाँ अध्याय सुरु गर्ने बताउनुभयो। उहाँले भने, “जसको जग्गा छैन, उसले भविष्य देख्न सक्दैन। आजको यो दिन ती भविष्यविहीनको आशामा उज्यालो बनेको छ।”

साथै, कार्यक्रममा भूमि समस्या समाधान आयोगका सदस्य अनिलकृष्ण प्रसाई, देवानगञ्ज गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादव, प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी सबै वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी लाभग्राहीहरूले सरकार र गाउँपालिकाप्रति आभार व्यक्त गर्दै, यो प्रमाण–पुर्जाले आफ्नो जीवनमा नयाँ सुरुवात भएको महसुस गरेका छन्। केही लाभग्राहीले आँखा रसाउँदै भनिन्, “यो कागज हाम्रो लागि सुन बराबर हो, अब हामीलाई कसैले हटाउन सक्दैन।”

यो कार्यक्रमले न केवल जमीनको अधिकार सुनिश्चित गरेको छ, सामाजिक सुरक्षा र आत्मसम्मानको महसुस गराएको छ। देवानगञ्ज गाउँपालिकाले आगामी दिनमा पनि यस किसिमका जनमुखी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]