०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

साँचो लिएर विद्यालय कर्मचारीलाई काठमाडौं आउन निर्देशन

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्‌ले चाबी लिएर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन दिएको छ ।

अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज एक विज्ञप्ति जारी गर्दै परिषद्‌ले २४ घण्टाभित्र काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन अल्टिमेटमसेत दिएको हो ।

‘विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नजिता प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको’ भन्दै परिषद्‌ले चाबी लिएरै काठमाडौंमा जारी आन्दोलनमा अनिवार्य सहभागी हुन भनेको छ । शैक्षिक हडताल भइरहेको यो परिस्थितिमा समग्र शिक्षा क्षेत्रको अग्रगामी परिवर्तनका लागि र कर्मचारीको हकअधिकार स्थापित गर्ने परिवर्तनकामी यात्रामा छुटने अधिकार कसैलाई नरहेको पनि उल्लेख छ ।

परिषद्‌ले ७ वटै प्रदेश कार्यसमिति, ७७ वटै जिल्ला कार्यसमिति र ७५३ वटै स्थानीय कार्यसमितिलाई पत्राचार गरेको छ ।

यता निजामती कर्मचारी परिचालन गरेर भए पनि चैत ११ देखि नै परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ । निर्देशन दिए । त्यहीअनुसार निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।

विद्यालय शिक्षा ऐन जारी लगायतका मागसहित नेपाल शिक्षक महासंघको अगुगाइमा २१ दिनदेखि शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]