०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

बन्दुक देखाएर त्रास फैलाउने घुस्कीका सज्जाद अंसारी पक्राउ

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, बैशाख १८, २०८२

ब्रहमदेव मेहता

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–७ का सज्जाद अंसारीलाई बन्दुकसहित पक्राउ गरिएको छ।

आज केही बेर अगाडी घुस्की क्षेत्रमा दुई जनाबीच सामान्य भनाभनबाट सुरु भएको विवाद चर्किएपछि अंसारीले बन्दुक निकालेर आक्रमण गर्ने प्रयास गरेको आरोप लागेको छ।

घटनास्थलमा रहेका स्थानीयवासीका अनुसार, दुई जनाबीच कुनै विषयमा भनाभन भइरहेको थियो। एक्कासी अंसारीले आक्रोशमा आएर साथमा ल्याएको बन्दुक झिकेपछि स्थिति तनावग्रस्त बनेको थियो। गोली चल्न सक्ने सम्भावना देखिएपछि स्थानीयले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी घुस्कीबाट खटिएको टोलीले तुरुन्तै घटनास्थल पुगेर अंसारीलाई बन्दुक सहित नियन्त्रणमा लिएको थियो। पक्राउका क्रममा प्रहरीले उनको साथबाट सो बन्दुक समेत बरामद गरेको जनाएको छ।

एक प्रहरी अधिकारीले भने, “दुई जनाबीचको विवादमा एक पक्षबाट बन्दुक निकालिएको सूचना पाउँदै हाम्रो टोली तत्काल घटनास्थल पुगेको थियो। बन्दुकसहित एक जनालाई पक्राउ गरी थप अनुसन्धानका जिल्ला प्रहरी कार्यालय सुनसरी पठाईएको छ।”

अहिले अंसारीमाथि हातहतियार देखाएर डरत्रास फैलाएको, सार्वजनिक सुरक्षामा खतरा उत्पन्न गराएको, र हातहतियार (नियन्त्रण) ऐन अन्तर्गतको अभियोगमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा अरु कोही घाइते भएको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन। पक्राउ परेका अंसारीसँग उक्त बन्दुक कहाँबाट आएको हो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

थप विवरण आउन बाँकी……….

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]