०४ जेठ २०८२, शनिबार
17-05-2025 , Sat
×

अमरसिंह माविलाई नयाँ स्कुल बस हस्तान्तरण, शैक्षिक पहुँचमा सहज हुने

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, बैशाख २२, २०८२

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नंं.५ स्थित रहेको नमुना बिद्यालय अमरसिंह माध्यमिकलाई नयाँ स्कुल बस हस्तान्तरण गरिएको छ।

सोमबार विद्यालय प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच बस हस्तान्तरण गरिएको हो।

गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा स्थानीय जनप्रतिनिधिदेखि अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालयमा टाढाटाढाबाट दैनिक आवतजावत गर्नुपर्ने विद्यार्थीहरूका लागि अत्यावश्यक मानिएको स्कुल बसको व्यवस्थाले अब बालबालिकाहरूलाई सुरक्षित र सहज रूपमा विद्यालय आउन–जान सहयोग पुर्‍याउनेछ। गाउँपालिकाको पहलमा प्रदान गरिएको यो बसले विद्यालयको समग्र शैक्षिक गुणस्तर तथा विद्यार्थीको पहुँचमा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका सहप्राध्यापक तुलसी प्रसाद गुरागाईंले विद्यालयको स्थापना देखि हालसम्मको यात्रा स्मरण गर्दै यस घडीसम्मको साथ र सहयोगप्रति सबैमा आभार व्यक्त गरे। उनले बस प्राप्त भएपछि विद्यालयको शैक्षिक वातावरण अझ आकर्षक र पहुँचयुक्त बन्ने विश्वास पनि व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष मेहताले विद्यालयमा शिक्षाको गुणस्तर अभिवृद्धिमा पालिकाले निरन्तर प्राथमिकता दिइरहेको जानकारी गराउँदै भने, “बसको उपलब्धताले टाढाबाट आउने विद्यार्थीलाई सहज र सुरक्षित आवतजावत सुनिश्चित गर्नेछ। यसले विद्यालयमा विद्यार्थी संख्या वृद्धि र उपस्थिति सुधारमा सकारात्मक प्रभाव पार्नेछ।”

उनले स्थानीय स्तरमा पूर्वाधार निर्माण, शिक्षक व्यवस्थापन, प्राविधिक शिक्षा, तथा डिजिटल प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन गाउँपालिकाले दिर्घकालिन रणनीति बनाइरहेको पनि बताए।

उपाध्यक्ष कुमारी विभा यादवले “पालिकाकै नमुना बिद्यालयमा हामीले बस हस्तान्तरण गर्न पाउँदा मन हर्षित भएको बताए।” उनले थपे यस्ले स-साना नानी बाबुलाई बिद्यालय आउन-जान निकै सहज र सुरक्षी हुने बताउँदै अन्य विद्यालयहरुमा समेत आगामी दिनमा थप शिक्षा क्षेत्रको सुधारकालागी कार्यहरू गर्ने बताए।

कार्यक्रमको अन्त्यतिर विद्यालय प्रशासन र अभिभावक समूहले देवानगञ्ज गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष प्रति आभार प्रकट गरेका थिए। आगामी दिनमा पनि शिक्षा क्षेत्रमा यस्तै सकारात्मक कार्यहरू पालिकाले गरिरहने अपेक्षा समेत राखेको बताए।

विद्यालयका प्रधानाध्यापक इन्द्रदेव गुप्ताले समुदाय–विद्यालय साझेदारीलाई अझ मजबुत बनाउँदै शिक्षाको पहुँचलाई समावेशी बनाउने दिशामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कुशवाहा राष्ट्रसेवक समाज नेपाल, विराटनगरको आयोजनामा “युवाहरूलाई मनोपरामर्श एवम् जीवनवृति सम्बन्धी अभिमुखिकरण कार्यक्रम” सोमबार विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य युवाहरूमा आत्मविकास, मानसिक सुदृढीकरण र करियरबारे स्पष्टता दिलाउनु रहेको आयोजकले जनाएका छन्। विराटनगरस्थित जेष्ठ नागरिक सामुदायिक भवनमा आयोजित उक्त कार्यक्रमको सभाध्यक्षता समाजका अध्यक्ष रामखेलौन मेहताले गरेका थिए। कार्यक्रममा समाजका सल्लाहकार विरेन्द्र मेहता, प्राचार्य […]

बिराटनगर । गिरि फाउन्डेसनका अध्यक्ष अभिषेक गिरि हालै भारतको भ्रमणमा रहेका बेला उनलाई भारतीय युवानेता तथा सामाजिक अभियन्ताहरूको तर्फबाट विशेष सम्मानसाथ स्वागत गरिएको छ। भ्रमणको उद्देश्य नेपाल–भारत सम्बन्धलाई युवा स्तरमा अझ सशक्त बनाउनुका साथै सामाजिक, सांस्कृतिक र रणनीतिक सहकार्यलाई प्रोत्साहन गर्नु रहेको बताइएको छ। अध्यक्ष गिरिले भ्रमणका क्रममा भारतका विभिन्न युवा संगठन, सामाजिक संस्थाका प्रतिनिधिहरूसँग […]

हरिनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय हरिनगरद्वारा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा लघुवित्त सेवा प्रयोगकर्तालाई सशक्त बनाउने, पारदर्शिता प्रवर्द्धन गर्ने र संस्थागत विश्वास पुनःस्थापित गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले पछिल्लो समय […]