०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

युवा लक्षित “मनोपरामर्श तथा जीवनवृति सम्बन्धी अभिमुखिकरण कार्यक्रम” सम्पन्न

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, बैशाख २९, २०८२

विराटनगर । कुशवाहा राष्ट्रसेवक समाज नेपाल, विराटनगरको आयोजनामा “युवाहरूलाई मनोपरामर्श एवम् जीवनवृति सम्बन्धी अभिमुखिकरण कार्यक्रम” सोमबार विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य युवाहरूमा आत्मविकास, मानसिक सुदृढीकरण र करियरबारे स्पष्टता दिलाउनु रहेको आयोजकले जनाएका छन्।

विराटनगरस्थित जेष्ठ नागरिक सामुदायिक भवनमा आयोजित उक्त कार्यक्रमको सभाध्यक्षता समाजका अध्यक्ष रामखेलौन मेहताले गरेका थिए। कार्यक्रममा समाजका सल्लाहकार विरेन्द्र मेहता, प्राचार्य डा. रामशरण मेहता, डा. उपेन्द्र मेहता, देवानगञ्ज गाउँपालिकाका IT अधिकृत जनार्दन मेहता, जनस्वास्थ्य अधिकृत विन्देश्वर मेहता तथा सि. अ. हे. व. अधिकृत दिलिप मण्डल अतिथि रहनु भएको थियो।

कार्यक्रमका मुख्य आकर्षण करियर काउन्सेलिङ र मानसिक स्वास्थ्यसम्बन्धी सत्रहरू रहेका थिए। Career Counseling सत्रमा प्राचार्य डा. रामशरण मेहता, सिमा यादव (स.जि.न्या), डा. उपेन्द्र मेहता (शिक्षा अधिकृत), र शोभा महतो (शिक्षा अधिकृत) ले सहभागी युवाहरूलाई पेसा चयन, अध्ययनको रणनीति र लक्ष्य निर्धारणमा महत्वपूर्ण जानकारी दिएका थिए।

त्यसैगरी, मनोपरामर्श तथा तनाव व्यवस्थापनसम्बन्धी सत्र डा. गजेन्द्र यादव (जनस्वास्थ्य अधिकृत तथा मनोविज्ञ) र उपप्राध्यापक मनोज मेहताले सञ्चालन गरेका थिए। उनीहरूले युवाहरूमा बढ्दो तनाव, अवसाद र सामाजिक दवाब जस्ता विषयमा वैज्ञानिक समाधान प्रस्तुत गर्दै आत्म-संवाद, ध्यान, समय व्यवस्थापन जस्ता उपायहरूमा प्रकाश पारे।

कार्यक्रममा सहभागी युवाहरूले यस्तो कार्यक्रम जीवनपरिवर्तनकारी भएको प्रतिक्रिया दिएका छन्। एक सहभागीले भने, “पहिलो पटक कसरी करियर बनाउने र मानसिक रुपमा सशक्त बन्ने भन्ने बारेमा यति स्पष्ट र प्रयोगात्मक जानकारी पाएको छु।”

अन्त्यमा सभाध्यक्ष रामखेलौन मेहताले कार्यक्रमलाई सफल बनाउने सम्पूर्ण अतिथि, विषयविज्ञ तथा सहभागीहरूलाई धन्यवाद दिँदै, भविष्यमा यस्ता थप कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कुशवाहा राष्ट्रसेवक समाज नेपाल, विराटनगरले आयोजना गरेको यो कार्यक्रमले युवाहरूलाई शिक्षित, जागरुक र आत्मनिर्भर बनाउने दिशामा टेवा पुर्‍याएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]