१० जेठ २०८२, शुक्रबार
23-05-2025 , Fri
×

कोशीका ४ सांसद सवार गाडीलाई डीएसपीको गाडीले हाने ठक्कर

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, जेठ ०६, २०८२

तस्विर : नमो अनलाइन

विराटनगर । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सवार गाडीले कोशी प्रदेशका सांसद चढेको गाडीलाई मोरङको कानेपोखरीमा ठक्कर दिएको छ ।

सोमबार दिउँसो पूर्व जाँदै गरेको डीएसपी सवार बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो ।

गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।

सांसदहरु सवार गाडीलाई ठक्कर दिने कारका चालक जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको पुष्टि भएको हो ।

दुर्घटनाबाट कुनै पनि मानवीय क्षति भने भएको छैन । सांसद मैया श्रेष्ठ लावती नेपाली कांग्रेसकी सांसद हुन् । यस्तै राधाकृष्ण खनाल एमालेका सांसद हुन् । उनी झापा क्षेत्र नम्बर ४(१) बाट निर्वाचित भएका हुन् ।

 

नम्बरलाल धिमाल झापाकै एमालेका समानुपातिक सांसद हुन् । सांसद बिद्या चाम्लिङ भने नेकपा एसको समानुपातिक सांसद हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सांसद मैया श्रेष्ठले आफूहरूलाई चोटपटक नलागेको तर गाडीमा भने क्षति पुगेको बताइन् । उनले भनिन्, ‘मेरै गाडीमा आउँदै थियौँ तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो । हामी सकुशल छौँ ।’

सांसदहरु कोशी प्रदेशसभाको आजको बैठकमा सहभागी हुन विराटनगर आउँदै गरेका थिए । प्रदेशसभामा आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सवार गाडीले कोशी प्रदेशका सांसद चढेको गाडीलाई मोरङको कानेपोखरीमा ठक्कर दिएको छ । सोमबार दिउँसो पूर्व जाँदै गरेको डीएसपी सवार बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो । गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, […]

देवानगञ्ज । कोशी प्रदेश स्थित देवानगञ्ज गाउँपालिका भित्रका सामुदायिक विद्यालयको शिक्षा स्तर सुधारको माग गर्दै पत्र बुझाएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ देवानगञ्ज शाखाले शिक्षा क्षेत्रको गुणस्तर सुधारको माग गर्दै गाउँपालिका शिक्षा शाखा प्रमुख दण्डि केशर खनाल समक्ष मागपत्र बुझाएको हो। महासंघका अध्यक्ष कुन्दन मेहताको नेतृत्वमा शिक्षा क्षेत्रका विविध समस्या र समाधानका सुझावसहितको मागपत्र […]

विराटनगर । कुशवाहा राष्ट्रसेवक समाज नेपाल, विराटनगरको आयोजनामा “युवाहरूलाई मनोपरामर्श एवम् जीवनवृति सम्बन्धी अभिमुखिकरण कार्यक्रम” सोमबार विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य युवाहरूमा आत्मविकास, मानसिक सुदृढीकरण र करियरबारे स्पष्टता दिलाउनु रहेको आयोजकले जनाएका छन्। विराटनगरस्थित जेष्ठ नागरिक सामुदायिक भवनमा आयोजित उक्त कार्यक्रमको सभाध्यक्षता समाजका अध्यक्ष रामखेलौन मेहताले गरेका थिए। कार्यक्रममा समाजका सल्लाहकार विरेन्द्र मेहता, प्राचार्य […]