
इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ब्राइट फ्युचर इङ्लिश स्कूल, इटहरी की छात्रा निसुम मधेन प्रथम स्थान हासिल गर्न सफल भइन्। त्यस्तै सुविधा स्कूल, बराहक्षेत्र का छात्र एलिश कटवाल दोस्रो र निर्मला मेमोरियल स्कूल, इनरुवा की छात्रा प्रचिद्ध आचार्य तेस्रो स्थानमा रहिन्। सुनसरी स्टार एकेडेमी, बराहक्षेत्र की छात्रा दिव्या मलाहा ले सान्त्वना स्थान प्राप्त गरिन्।
विजयी भएका विद्यार्थीहरूलाई सिल्ड, मेडल र प्रमाणपत्र प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकाल लगायतका विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा प्रदान गर्नु भएकाे थियाे ।
अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिताकाे निर्णायक जिवनाथ पाेखरेल,भिम अधिकारी,गाेपाल निराैला रहनुभएकाे थियाे।
कार्यक्रम संयोजक इनरुवा नगर प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाईंले गर्नुभएको थियो।अध्यक्ष गुरागाईंले प्रतियोगिताले विद्यार्थीहरूबीच सिर्जनात्मक प्रतिस्पर्धाको भावना विकास गरेको र यस्ता कार्यक्रमले भविष्यका कलाकारहरूलाई हौसला दिने बताए।
प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्षता प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकाल
प्रमुख अतिथी सुनसरी क्षेत्र नं ४ ख का प्रदेश सभा सदस्य इस्राइल मन्सुरी,
विशिष्ट अतिथि बिष्णु काेइराला,निरज ढकाल,
देवनारायण ढकाल,बिष्णु सिटौला,मनाेज कुमार यादव, लगायतकाे आतिथ्यता रहेकाे थियाे भने सुसनरीका विभिन्न पालिकाका विद्यादयहरुका शिक्षक,शिक्षिका र विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियाे ।