०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

शिक्षा विधेयकमा शिक्षकहरुका माग मुद्दा समेटिएनः सांसद भगबती चौधरी

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, आश्विन १९, २०८०

बिराटनगर । सांसद भगबती चौधरीले शिक्षा विधेयकले शिक्षक, विद्यार्थीहरुको समग्र माग र विषय संवोधन गर्न नसकेको बताएकी छन् । शुक्रबार संसदमा शिक्षा विधेयक २०८० माथि बोल्दै सांसद चौधरीले विधेयकले केही समय अगाडी मात्रै आन्दोलनरत शिक्षकहरुका माग र मुद्दा समेत नसमेटेको भन्दै विधेयकमाथि पुनः छलफल चलाईनुपर्ने बताइन् ।

 

‘शिक्षा विधेयक कसको लागि ल्याउँदैछौं, कस्तो हुनुपर्ने, शिक्षा विधेयकमा प्राथमिक, माध्यामिक तहको शिक्षा कस्तो हुनुपर्ने, त्यहाँको जनशक्ति कसरी ब्यवस्थापन गर्ने भन्ने विषय नआइकन शिक्षकहरुले आन्दोलन गरेकोले शिक्षकहरुले उठाएका माग र मुद्दा समेटिन पर्छ ।’ सांसद चौधरीले सरकारले शिक्षकहरुसँग गरेको सम्झौताहरु संसदमा टेवुल गर्नुपर्ने बताउँदै भनिन् ।

 

शिक्षा विधेयकमा सरोकारवालाहरुसँग छलफल नहुँदा नेपालको शिक्षा नीति कमजोर बनेको बताउँदै सांसद चौधरीले अहिले नेपालको शिक्षा कस्तो छ भन्ने कुरा सबैले बुझि सकेको पनि बताइन् । उत्पादनमुखी, गुणस्तरीय, शिक्षक, बालबालिका केन्द्रीत कस्तो शिक्षा प्रणाली हो, मेथोलोजी कस्तो छ भन्ने विषय विधेयकमै तय भएर आउनु पर्ने बताउँदै चौधरीले विधेयक संसदमा पुनः टेवुल हुनुपर्नेमा जोड दिइन् ।

 

यसअघि संसदको शुन्य समयमा बोल्दै सांसद चौधरीले चाडपर्वका बेला हुने कालोबजारी, महंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराईन् । चाडपर्वका बेला बजार अनुगमन र मुल्यांकन प्रभावकारी बनाउनु पर्ने चौधरीको माग छ । यस्तै उनले मिटरब्याज पिडितका लागि न्याय सम्पादनमा सरकारको ध्यानाकर्षण गराईन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]