०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

करौडोको बिधुत महसुल नबुझाएई रजाई गर्दै सुनसरीका १२ ओटै स्थानीय तह

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, आश्विन २३, २०८०

बिराटनगर । नेपाल बिद्युत प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि सुनसरीका १२ वटै स्थानिय तहहरूले कराेडाै रूपैया बिद्युत महसुल नबुझाएकाे विवरण सार्वजनिक भएकाे छ । प्राधिकरणले शुल्क बुझाउन चेतावनी स्वाेरूप स्थानिय तहका नाम र बुझाउनुपर्ने शुल्क सहितकाे विवरण सार्वजनिक गरेकाे हाे ।

 

जसमा सुनसरीकाे १२ वटै स्थानिय तहहरूले बिद्युत महशुल नबुझाएकाे प्रस्ट देखाएकाे छ । स्थानिय तहहरूकाे क्षेत्र भित्र पर्ने राजमार्ग तथा भित्री सडककाे पाेलहरूमा जडान गरिएका बत्ती एवम कार्यालय समेतले प्रयाेग गरेकाे बिजुली महसुल नबुझाएकाे प्राधिकरणले उल्लेख गरेकाे छ । जसमा सबै भन्दा बढी इटहरी उपमहानगरले झन्डै ३ कराेड महशुल बुझाउन बाकि देखिएकाे छ । उपमहानगरले २ वटा बितरण केन्द्र मार्फत बिद्युत सेवा प्रयाेग गर्दै आएकाे छ । जसमा इटहरी बितरण केन्द्र र इनरूवा बितरण केन्द्र रहेका छन ।

 

उपमहानगरले इटहरी बितरण केन्द्रकाे मात्रै २ कराेड ९६ लाख ९१ हजार ५१३ रूपैया ३६ पैसा प्राधिकरणलाइ बुझाउनु पर्ने देखिएकाे छ । त्यस्तै इनरूवा बितरण केन्द्रबाट सेवा लिए वापतकाे २ लाख ६७ हजार ३ शय रूपैया बिद्युत महशुल बुझाउन बाकि देखिएकाे प्राधिकरणले विवरणमा उल्लेख गरेकाे छ । उपमहानगरले मुख्य राजमार्गमा जडान गरिएकाे बत्ती हुदै भित्र सडक बत्ती र कार्यालय स्वयमले प्रयाेग गरेकाे सेवा शुल्क समेत प्राधिकरणलाइ नबुझाएकाे उल्लेख गरेकाे छ । त्यस्तै धरान उपमहानगरले पनि सडक बत्ती बाले बापत र कार्यालयभित्र उपयाेग गरेकाे सेवा सहितकाे २ कराेड ५९ लाख ८१ हजार ९२४ रूपैया बिद्युत महशुल बुझाउनुपर्ने प्राधिकरणले उल्लेख गरेकाे छ ।

 

त्यस्तै इनरूवा नगरपालिकाले २ कराेड ३८ लाख ८० हजार ३६३ रूपैया , रामधुनी नगरपालिकाले इटहरी बितरण केन्द्रबाट सेवा लिए वापतकाे ६१ लाख ९१ हजार , ३८५ रूपैया ९२ पैसा र इनरूवा बितरण केन्द्रबाट सेवा लिए वापत ६७ लाख ९२ हजार ,४९ रूपैया ४६ पैसा बिद्युत महशुल बुझाउनुपर्ने देखिएकाे छ । त्यस्तै दुहबी नगरपालिकाले ८१ लाख ६७ हजार ११६ रूपैया ४ पैसा , बराह नगरपालिकाले १ कराेड ,६ लाख ४१ हजार १५ रूपैया महशुल बुझाउनुपर्ने प्राधिकरणले उल्लेख गरेकाे छ ।

 

त्यस्तै गाउपालिकाहरूमध्ये सबैभन्दा बढी हरिनगरा गाउपालिकाले बिद्युत महशुल बुझाउनुपर्ने विवरणमा उल्लेख गरेकाे छ । हरिनगगराले इनरूवा बितरण केन्द्रबाट सेवा लिए बापतकाे १ कराेड ३८ लाख ३७ हजार ३६४ रूपैया बिद्युत महशुल बुझाउनुपृने उल्लेख गरिएकाे छ भने काेशी गाउपालिकाले ३३ लाख ७६ हजार ८०९ रूपैया ८० पैसा , भाेक्राहा गाउपालिकाले ८७ लाख ४२ हजार ७१४ रूपैया ३२ पैसा , देवानगञ्ज गाउपालिकाले १ कराेड , १ लाख ५७ हजार ९६० रूपैया १५ पैसा , गढि गाउपालिकाले दुहबी बितरण केन्द्रबाट सेवा लिए बापतकाे २५ लाख ८७ हजार ७९२ रूपैया ९६ पैसा र इनरूवा बितरण केन्द्रबाट सेवा लिए वापत ५ लाख ३४ हजार ६ सय रूपैया बिद्युत महशुल बुझाउनुपर्ने देखिएकाे छ । त्यसैगरी बर्जु गाउपालिकाले ९ लाख २७ हजार ८२८ रूपैया ७५ पैसा बिद्युत महसुल बुझाउनुपर्ने प्राधिकरणले उल्लेख गरेकाे छ ।

 

प्राधिकरणकाे प्रधान कार्यालय काठमाडाैले पटक पटक पत्रचार गर्दा पनि अटेर गर्दै बिद्युत महशुल नबुझाएपछि देशभर ३ सय ३२ स्थानीय तहहरुको नाम र बुझाउनुपर्ने महशुल शुल्क सहितकाे विवरण सार्वजनिक गरेकाे हाे ।जसमा सुनसरी माेरङ झापाका कुनै पनि स्थानिय तहहरूले राजमार्ग तथा भित्री सडकमा प्रयाेग गरिएका बत्ती र कार्यालयहरूमा लिएकाे सेवा बापतकाे बिद्युत महसुल नबुझाएकाे भन्दै प्राधिकरणले देशभर ३३९ वटा स्थानिय तहहरूकाे विवरण सार्वजनिक गरेकाे हाे । प्राधिकरणले उक्त महसुल शुल्क ४५ दिन भित्र नबुझाए बिद्युत महसुल संकलन विनियमावली २०७८ काे विनियम १० काे प्रावधान बमाेजिम कार्वाहि प्रकृिया अघाडी बढाउने चेतावनि समेत दिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

समाजमा हरेक पुस्ताको आ–आफ्नै चुनौतीहरू हुन्छन्। तर, आजको यूवा पुस्ता जसरी मानसिक, सामाजिक र सांस्कृतिक सङ्कटसँग जुधिरहेको छ, त्यो चिन्ताजनक छ। विशेष गरी, आजभोलिका यूवाहरूमा लागू औषध (Drug Abuse) को प्रयोग भयावह रूपमा बढ्दो छ। यस समस्याको बहुआयामिक कारणहरू भए पनि, कानून अध्ययन गरिरहेका विद्यार्थी राजेश कुमार महतो भन्छन् — “यूवाहरू लागू औषधको चपेटामा पर्नुको […]

हरिनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त र महत्त्वपूर्ण हुने भएकाले महिलाहरूलाई महिला अधिकारका सवालमा काम गर्न आग्रह गरेका छन् । विराटनगरमा सोमवार आयोजित प्रदेश स्तरीय महिलावादी महिला मञ्च कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने ‘महिलावादी बन्नका लागि महिलाका अधिकारका सवालमा काम गर्नुहोस् हैन भने त अवसरवाद मात्रै हुन्छ ।’ विकाशका […]

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा […]