०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

नि:शुल्क दाहसंस्कार गर्दै इटहरी उपमहानगर, सय भन्दा बढिले पाए सुविधा

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, कार्तिक १४, २०८०

तस्विर : फाईल

हरिनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर भित्रका आर्थिक रूपमा विपन्न परिवारको निधनमा निःशुल्क दाहसंस्कार गर्दै आएको छ । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि दाउरा लगायतका सामग्री सहित निःशुल्क दाहसंस्कार गर्दै आएको हो ।

यसअघि घरदेखि घाँटसम्म शव वाहन निःशुल्क गरेको यो उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभावमा दाउरा लगायतका सामग्री किन्न आर्थिक समस्या भएकाहरूका लागि बुढी गङ्गा मुक्ति घाटमा निःशुल्क दाहसंस्कार गरिँदै आएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताउनु भयो । अहिलेसम्म १०४ जना विपन्नलाई निःशुल्क दाहसंस्कार गरिएको उपमहानगरले जनाएको छ ।

नगरप्रमुख पौडेलले आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेहरूका लागि यस्तो निर्णय गरिएको बताए । उपमहानगरले नागरिकको अन्त्येष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार गर्नु अघि नै दाउरा लगायतका आवश्यक सामग्री घाटमानै निःशुल्क व्यवस्था गरिएको छ मेयर पौडेलले भन्नु भयो ।

नगरप्रमुख पौडेलले कोही नगरवासीको आफन्तजनको मृत्यु हुँदा विपन्न परिवारका लागि इटहरी उपमहानगरले मसान घाटसम्म शव लैजान निःशुल्क रूपमा शववाहन उपलब्ध गराउँदै आएको छ । तर, दाहसंस्कार गर्न दाउरा किन्ने पैसा नभएर टायरमा जलाएर अन्त्येष्टि गर्नुपरेको खबर सुन्दा तथा देख्दा त्यो अवस्थाको अन्त्य गर्न मृतकका परिवारलाई दाहसंस्कार निःशुल्क गरिदिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

समाजमा हरेक पुस्ताको आ–आफ्नै चुनौतीहरू हुन्छन्। तर, आजको यूवा पुस्ता जसरी मानसिक, सामाजिक र सांस्कृतिक सङ्कटसँग जुधिरहेको छ, त्यो चिन्ताजनक छ। विशेष गरी, आजभोलिका यूवाहरूमा लागू औषध (Drug Abuse) को प्रयोग भयावह रूपमा बढ्दो छ। यस समस्याको बहुआयामिक कारणहरू भए पनि, कानून अध्ययन गरिरहेका विद्यार्थी राजेश कुमार महतो भन्छन् — “यूवाहरू लागू औषधको चपेटामा पर्नुको […]

हरिनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त र महत्त्वपूर्ण हुने भएकाले महिलाहरूलाई महिला अधिकारका सवालमा काम गर्न आग्रह गरेका छन् । विराटनगरमा सोमवार आयोजित प्रदेश स्तरीय महिलावादी महिला मञ्च कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने ‘महिलावादी बन्नका लागि महिलाका अधिकारका सवालमा काम गर्नुहोस् हैन भने त अवसरवाद मात्रै हुन्छ ।’ विकाशका […]

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा […]