०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन : लक्ष्मीपूजा र कुकुरतिहार

Logo
नमो अनलाईन प्रकाशित आइतबार, कार्तिक २६, २०८०

तस्विर : फाईल

हरिनगर । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन्।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो।

चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ। यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ। यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

समाजमा हरेक पुस्ताको आ–आफ्नै चुनौतीहरू हुन्छन्। तर, आजको यूवा पुस्ता जसरी मानसिक, सामाजिक र सांस्कृतिक सङ्कटसँग जुधिरहेको छ, त्यो चिन्ताजनक छ। विशेष गरी, आजभोलिका यूवाहरूमा लागू औषध (Drug Abuse) को प्रयोग भयावह रूपमा बढ्दो छ। यस समस्याको बहुआयामिक कारणहरू भए पनि, कानून अध्ययन गरिरहेका विद्यार्थी राजेश कुमार महतो भन्छन् — “यूवाहरू लागू औषधको चपेटामा पर्नुको […]

हरिनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त र महत्त्वपूर्ण हुने भएकाले महिलाहरूलाई महिला अधिकारका सवालमा काम गर्न आग्रह गरेका छन् । विराटनगरमा सोमवार आयोजित प्रदेश स्तरीय महिलावादी महिला मञ्च कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने ‘महिलावादी बन्नका लागि महिलाका अधिकारका सवालमा काम गर्नुहोस् हैन भने त अवसरवाद मात्रै हुन्छ ।’ विकाशका […]

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा […]