०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

स्थानीय

करको दर घटाएर आम्दानीको लक्ष्य बढाउँदै इटहरी उपमहानगर

इटहरी । इटहरी उपमहानगरपालिकाले आर्थिक ऐन २०८०/८१ लाई संशोधन गर्ने तयारी गरेको छ । वृद्धि भएको राजस्व, शुल्क तथा जरिवानाको विरोध भएपछि उपमहानगरपालिकाले आगामी नगर सभा मार्फत करको दर घटाउने तयारीमा लागेको हो । पौष मसान्त सम्म इटहरी उपमहानगरपालिकाको आन्तरिक आम्दानी १७ करोड ५५ लाख मात्र छ । जसले चालु खर्च मात्र पनि व्यवस्थापन गर्न […]

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सोमबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा आफैँले ताला लगाएका छन् । धरान स्थित बिपी कोइराला प्रतिष्ठानको विवाद उत्कर्षमा पुगेको छ । बिपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ सोमबार एक्लै मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका […]

हरिनगर । सुनसरीको हरिनगर-४ हरिनगरा स्थित रहेको विपत बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शुक्रवार हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि हरिनगर गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष देवनारायण मेहताले सहकारीहरुले सञ्चालकको लागि क्षमता अभिवृद्धि तालिम, अध्ययन अवलोकन भ्रमणलगायतका […]

हरिनगर । सुनसरीकाे हरिनगर गाउँपालिका ४ स्थित रहेको हरिनगरा माध्यमिक विद्यालय प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लाईफ गार्ड अस्पताल प्रा. लि. को प्राविधिक सहयोग तथा हरिनगर गाउँपालिका वडा नं. ४ सुनसरीको संयुक्त आयोजनामा मिति २०८० पौष २७ गते शुक्रवार बिहान १० : ०० बजे देखि साँझ ५ : ०० सम्म […]

इटहरी । नेकपा एमालेकी सांसद भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका मुसहर समुदायमा न्यानो कपडा तथा स्थानीय मन्दिरलाई भाँडावर्तन वितरण गरेकी छन् । बुधबार चौधरीले सुनसरीको इटहरी उपमहानगरपालिका-७ को मुसहरबस्तीका ४० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेकी हुन् । प्रतिनिधिसभा नचलेको समयमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सात्क्षात्कार गर्दै चौधरी समाजसेवामा उत्रिएकी हुन् । चौधरीले स्थानीय शिवपार्वती […]

बर्जु । सुनसरीको ऐतिहासिक बर्जुतालमा विगतको वर्षझै यस वर्ष पनि हुन गई रहेको बर्जु महोत्सव २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । बर्जु सामुदायिक विकास केन्द्र बर्जु ६ चिमडीको आयोजनामा २०८० पुष २७ गते देखि माघ ११ गते सम्म हुन गई रहेको पाचौं बर्जु महोत्सव २०८० को सम्पुर्ण तयारी पुरा भएको बिहिबार पत्रकार सम्मेलन […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नं. – ३ स्थित रहेको श्री माध्यमिक विद्यालय पाँचौसिम्मरका सुकुम्बासी समुदायका विद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरिएको छ । जन्मथलो देवानगञ्ज भएको तर हाल अमेरिकी नागरिक भएर अमेरिकामा बसोवास गर्दै आइरहेका दुई सहयोगी युवाहरु प्रमोद मेहता र प्रकाश मेहताकोको आर्थिक सहयोगमा हिन्दू स्वयंसेवक संघ नेपाल, देवानगञ्जको आयोजनामा सुकुम्बासी […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा पुस २५ गते वातावरण संरक्षणको लागि सरोकारबालाको भुमिका विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र कोशी विराटनगरको सहयोगमा मानव अधिकार समूहको आयोजनामा सम्पन्न भएको कार्यक्रमका सरोकारबालाहरुले वतावरण संरक्षणमा जोड दिएका छन् । कार्यक्रममा इन्सेक कोशी प्रदेश अधिकृत बागमती कट्टेलले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका ६ को वीपी आधारभुत विद्यालयले आफ्नो बार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले वर्षभरी गरेको कार्यक्रम, उपल्बधीहरु र देखिएका चुनौती तथा अगामि दिनमा चाल्नुपर्ने कदमको विषयमा सार्वजनिकिकरण सहित सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयले आर्थिक आयव्यय सहित सामाजिक लेखाजोखा सहितको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको प्रधानाध्यापक ब्रहमदेव […]

बर्जु । सुनसरीको बर्जु गाउँपालिका-५ सितागञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। देवानगञ्ज देखी बिराटनगर जाँदै गरेको स ११ प २७५९ नम्बरको माेटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर घर भएका ३० बर्षीय दिक्कबहादुर बस्नेत घाईते भएकाे हो । तिब्र गतिमा रहेको उक्त मोटरसाइकल घुम्ति बाटोमा अनियन्त्रित भई बिधुत पोलमा ठोकिदा दुर्घटना […]