०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

गौतमपुरमा नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

१९५ जनाले लिए सेवा
Logo
अजय मण्डल प्रकाशित शनिबार, मंसिर ३०, २०८०

तस्विर : अजय मण्डल/नमो अनलाईन

हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका – ३ गौतमपुरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

मानव स्वास्थ्य संरक्षण तथा अनुसन्धान समाज नेपालको आयोजना हरिनगर ३ नः वडा कार्यालय गौतमपुरको सह-आयोजना र नवप्रतिभा कृषि सहकारी संस्था लि को संयोजकमा एवं मित्रता मेडिकल हल, बिराटनगर (नोवेल हस्पिटल गेट अगाडि) र शिवशान्ति हेल्थकेयर सेन्टर हरिनगराको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर (whole body checkup,) सँगै रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

पशुपति शिक्षा मन्दिर, हरिनगर-३ गौतमपुरको प्राङ्गणमा सम्पन्न भएको उक्त शिविरमा आँखा जाँच, दाँत जाँच गरिएको थियो तथा स्त्री रोग विशेषज्ञ डाक्टर , वरिष्ट फिजिशियन, मेडिकल अफिसर, यूरो सर्जन लगायतका विशेषग्य डाक्टरहरुद्वार सेवा लिन आएका गाउँवासिको चेकजाँच गरि नि:शुल्क औंसधी समेत वितरण गरिएको युवा सामाजसेवी दिलिप मेहताले बताए ।

उक्त कार्यक्रममा ३४ जनाले रक्तदान गरेको थियो भने १९५ जनाले नि:शुल्क स्वास्थ्य जाँच गराएको शिवशान्ति हेल्थकेयर सेन्टर हरिनगराका सञ्चालक जयप्रकाश मेहता (जेपी) ले जानकारी दिनुभयो ।

हरिनगर गाउँपालिका वडा नं. ३ वडा अध्यक्ष अरबिन्द मेहताले युवाहरुले गरेको काम प्रति खुसी व्यक्त गर्दै आगामी दिनमा समेत साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा रक्तदान गरेकाहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए भने आफ्नो अमुल्य समय दिएर बिभिन्न ठाउँबाट आएका मेडिकल टिमहरुलाई आयोजकले सम्मान समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]