०४ जेठ २०८२, शनिबार
17-05-2025 , Sat
×

इनरुवामा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा

Logo
अजित झा प्रकाशित शुक्रबार, फाल्गुण १८, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी दरमुकाम इनरुवा नगरपालिका क्षेत्र भित्रमा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा भएको छ ।

इनरुवा नगरपालिकाले आज सरोकारवालासंगको अभिमुखिकरण कार्यक्रमको आयोजना गरेर फागुन २२ गते देखि ३० गते सम्म सञ्चालन हुने दादुरा–रुबेला बिरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

नगर क्षेत्रमा खोप अभियान सञ्चालनका लागि ९२ वटा खोप लगाउने बुथ निर्धाण गरिएको इनरुवा नगरपालिकाका स्वास्थ्य शाखाका सन्तोष देवले जानकारी दिनुभयो । नगर क्षेत्र भित्र खोप अभियान सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति परिचालन गरिएकाृे समेत उहाँले जानकारी दिनुभयो । अभियानका लागि खोप केन्द्रमा परिचालित हुने इन्चार्जलाई अभिमुखिकरण, विद्यालयका शिक्षक, स्वमसेवक, स्वास्थ्य व्यवस्थापन लगायतलाई अभिमुखिकरण लगायतको कार्यक्रम सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उप–प्रमुख बिनिता मेहता, इनरुवा ५ का वडाध्यक्ष अनिल पोखरेल, कार्यपालिका सदस्य बिनोद अटल, योगेन्द्र शर्मा, निमित प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौला, स्वास्थ्य शाखाका निखिल पोखरेल लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगर स्थित रहेको गोल्डेन अस्पताल १४औं वर्षमा प्रवेश गरेको छ । विराटनगर–११ स्थित महेन्द्र चौक भन्दा पश्चिम तर्फ आफ्नै सुविधा सम्पन्न भवनमा सञ्चालनमा रहेकाे अस्पतालले दक्ष विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको सस्तो, सरल तथा सुलभ दररेटमा उत्कृष्ट उपचार सेवा प्रवाह सँगै विद्यार्थीहरु लाई अध्ययन गराउने कलेज सञ्चालनमा ल्याउनु गोल्डेन अस्पतालको १४ […]

काठमाडौँ । गर्मीमा पानीको कमीका कारण तपाईँको घाँटी लगातार सुख्खा भइरहेको छ, चक्कर आइरहेको छ, आँखा रातो भएको छ वा पिसाब पहेँलो भइरहेको छ भने यो तपाईँको स्वास्थ्यको लागि चेतावनीको सङ्केत हुनसक्छ । तपाईँको शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले तपाईँको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यी प्रभावहरूलाई डिहाइड्रेसन भनिन्छ अर्थात् शरीरमा पानीको कमी । […]

काठमाडाैँ । बिहान खाली पेटमा फलफूलको जुस पिउनुको सट्टा ताजा फलफूल खानु राम्रो हुन्छ । यसमा फाइबर हुन्छ, जसले चिनीको प्रभाव कम गर्न काम गर्छ। गर्मीमा नरिवल पानी, तरबूज, कागती, कागती पानी पनि सेवन गर्न सक्नुहुन्छ । यदि तपाई बिहान खाली पेटमा जुस पिएर आफ्नो स्वास्थ्यमा सुधार ल्याउन चाहनुहुन्छ भने गल्तिले पनि यस्तो गल्ती नगर्नुहोस्, अन्यथा […]