०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

नेपाली मस्लिम समाज सुनसरीद्धारा प्रधानमन्त्रिलाई ज्ञापन पत्र

Logo
नमो संवाददाता प्रकाशित सोमबार, बैशाख १०, २०८१

तस्विर : नमो अनलाईन

सुनसरी । नेपाली मुस्लिम समाज सुनसरीले प्रधानमन्त्रि पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । नेपाली मुस्लिम समाज सुनसरीका एक प्रतिनिधि मण्डलले विभिन्न माँग तथा ध्यानाकर्षण सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत बुझाएको हो ।

सो ज्ञापन पत्रमा नेपाल बहुजातिय , बहुधार्मिक एवं बहुसाँस्कृतिले भरिएको देश हो । बहुजातिय , बहुभाषिक बहुधार्मिक , बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई नेपालको संविधानसम्बोधन गरेको संवैधानिक अस्तित्व रहेको छ । हाम्रो विशिष्ट पहिचान भनेकै सामाजिक विविधता र सहअस्तितत्वको स्विकार्यता हो । हामी विचको पारस्परिक विश्वास ,एकता , भाइचारा र धार्मिक सहिष्णुतालाई अक्षुण राख्दै अघि बढि रहेको हाम्रो सामाजिक परिवेशलाई आघात पुर्याउने गरी हिन्दु धर्म सँग सम्बन्धित विभिन्न धार्मिक सँघ सँस्थाहरुको नामबाट अतिवादी गतिविधि भै रहेको सन्दर्भमा स्मरण गराउँदै ज्ञापन पत्रमार्फत अनुरोध गरेको छ ।

मुलुक एकीकरण समय भन्दा अगाडी देखि नै विभिन्न स्वरुपमा अस्तित्वमा रहेको इस्लाम धर्मावलम्बीहरुको बसोबास र अस्तित्वलाई नै संकटमा पार्ने गरी सामाजिक सद्भाव र धार्मीक सहिष्णुतालाई समेत आघात पुर्याउने गतिविधि भै रहेको छ । मुस्लिम समुदायको मुलुक र मुलुकीका लागि गरिएको विभिन्न क्षेत्रमा रहेको योगदान र उच्च सामाजिक छविलाई समेत धमिल्याउने प्रयत्न भै रहेको छ । आज समयमै सचेत हुन नसके अमुक धार्मीक अतिवादी संघसँस्थाको गलत गतिविधिको कारण भोली मुलुकले अत्यन्त खतरनाक स्थितिको सामना गर्नु पर्ने अवस्था आउन सक्छ भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपालको संवैधानिक अंगको उच्च तहमा पुगेका मानिस कमल नारायण दास, हरिनगर ३ गौतमपुर निवासी जीवन मेहता लगायतले आफनो सामाजिक सञ्जालमा पोष्ट गरेको लेखले मुस्लिम धार्मिक सहिष्णुता माथि आघात पुर्याउने प्रयत्न गरेको छ , यस्तै गलत संदेशबाट उत्प्रेरित भै अतिवादी धार्मिक संघ सँस्थाहरुमा आवद्ध व्यक्तिहरुबाट यस सुनसरी जिल्लाको हरिनगर गाउँपालिका र यस क्षेत्रमा बसोबास गर्ने इस्लाम धर्मावलम्बीहरु माथि भएको लुटपात हुल दंगा , रोजाको समयमा भएका आगजनि ,एवम् धर्म प्रति फैलाएको अनर्गल प्रचार प्रसारका कारण सामाजिक सद्भाव भड्काई वातावरण उत्तेजित पारीएको छ । पालिकामा तोडफोड भै ठुलो क्षति भएको छ । चक्का जाम , हड्ताल, कुटपिट, लुटपाट, कफर्यु लगायतका कामले गर्दा सामाजिक जीवन सहज छैन , आतंकीत वातावरणमा दैनिक जीवन असहज बन्दै गै रहेको छ ।

यस्ता गतिविधिले भोलि हुन सक्ने अन्य मुलुक र धर्म विरोधी गतिविधिले मुलुकलाई धर्म युद्ध र गृह युद्धमा समेत लग्न सक्ने नकारात्मक संकेत दखिन थालेको हुँदा तत्कालै यसको अन्त्य गरी भै रहेका गतिविधिमा संलग्नहरुको छानविन गरी उक्त घटनामा विना कारण असंलग्न मानिस दिलसाद सिद्धिकि उपर लगाइएको गलत अभियोग खारेज गरी निजलाई रिहाई गर्दै यस्तो निन्दनिय घटनामा संलग्नहरुको छानविन गरी दोषि माथि विद्यमान कानुन अनुसार कार्वाही गरी पाउँ भन्दै नेपाल सरकारसँग अनुरोध गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

गृह मन्त्रालयलाई समेत वोर्धाथ गरि नेपाली मुस्लिम समाज सुनसरीका अध्यक्ष नइम अन्सारी , सचिव अक्रम अलि र प्रवक्ता मौलाना सहाबुद्दिन इस्लाहीद्धारा हस्ताक्षरीत सो ज्ञापनपत्र बुझाएका छन् । यसै गरि सुनसरी जिल्लामा कार्यरत विभिन्न मुस्लिम संघसंस्थाका धार्मिक गुरुहरुको नेतृत्वमा मुस्लिम समाज सुनसरीको तर्फबाट पनि जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रि र गृहमन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]