
समुदायका अगुवाहरुका बिचमा अन्तरक्रिया नहुदा एकअर्कालाई हेर्ने दृष्टिकोणमा विभेद , छुवाछूत गरेको भान भएको छ । हामीले समुदायको हिसाबले कसैले कसैलाई विभेद , छुवाछूत र हेला गरेका छैनाै । तर पनि सदा मुसहरहरुले साह प्रति लक्षित गरेर विभेद , छुवाछूत र हेला गरेकाे गुनासो छ, यस्तोमा कुनै सत्यता छैन। तर पनि सदासमुदायको यस्तो भनाइ आउनु समुदायका बिचमा संवाद , छलफल र भेटघाट कम भएर हुन सक्छ ।
सुरेन्द्र कुमार साह : शैक्षिक गुणस्तर नहुदा पनि सामाजिक सदभावमा असार परेको छ । जुन समुदायको विधार्थी छ, त्यो समुदायको शिक्षक नभएकोले शैक्षिक गुणस्तरीयकाे विषयमा प्रश्न उठाउने गरेको छ। विधालयहरुलाई समुदाय र लैगिक मैत्री बनाउन जरुरी छ । हाम्रोजस्तो गाउँमा भएको विधालयमा शिक्षाको नाममा राजनिती बढी भएकोले गुणस्तर आभाव रहेको देखिन्छ ।
रामसेवक सदा : समुदायको चेतनास्तर बढाउन अभिभावक शिक्षा, विधार्थीकाे हितमा काम गर्न शिक्षकहरु ईमानदार, सामाजिक बनावट अनुसार दरबन्दी शिक्षक समावेशी हुनुपर्ने जरुरी देखिन्छ । अर्कोतर्फ हामीलाई कुनै पनि सहयोग , राहत र जनता अवास कार्यक्रम दिएको छैनन् ।
रन्जित साह : समानुपातिक सहभागीताले सामाजिक सदभावमा योगदान गर्ने भएकोले सबै पक्षले समान्ताकाे कुरामा ध्यान दिनुपर्ने देखिन्छ । जनताको जनप्रतिनिधि छनाेटकाे बेला गम्भीर ध्यानाकर्षण हुनुपर्नेमा मासु, रक्सीको मातमा मत हाल्ने प्रवृत्तिले समेत सदभावमा असर पारेको छ । जनता चुनावकाे बेल चुकेकाले यस्काे असर समुदायको हकहित र अधिकारमा पनि परेकाले समुदायको समस्या सामाधान र सामाजिक सद्भाव कायम गर्न ध्यान दिनुपर्ने देखिन्छ । शिक्षाको हकमा समुदायको भावना बुझ्ने शिक्षक र विधालय नियमित विधार्थी पठाउने अभिभावक नभएसम्म शैक्षिक सुधार नहुने अवस्था छ ।
कपिलेश्वर ऋषिदेव : भाेक्राहा नर्सिङमा दलितका आवाजलाई उपेक्षा गरेको छ । अझैसम्म ठूला जातकाहरुले विभेद , छुवाछूत र हेला गर्ने गरेको छ । समान्ता गाउँमा छैन्। तर पनि सदाहरुले जसाेतसाे बाचेकाे छ ।
जाेगिन्द्र साह : समुदायमा केहीले सामाजिक सञ्जालमा आधारहीन कुराहरू राख्ने, जातीय, धार्मिक, सांस्कृतिक भेदभाव वा दुर्भावलाई दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कुरालाई बढावा दिने वा प्रचलित कानुनले रोक लगाएका कुराहरू प्रकाशन/प्रसारण गर्न नपाइने कानुनी प्रबन्धसमेतको हेक्का हरेक सूचना प्रविधि प्रयोगकर्ताले राख्नु पर्छ । तर सबैभन्दा उदासीन यसैमा देखिन्छ जस्ले गर्दा जातीय र अन्तर धार्मिक सद्भावमा असर परेको देखिन्छ ।
सुमित्रा सदा : हाम्रोजस्तो गाउँमा दलित बस्ने
भूगोल सानो भए पनि एक दर्जनभन्दा बढी जातजातिको बसाेबास रहेको छ । देशलाई विभिन्न जातजातिको साझा फूलबारी पनि भनिन्छ । नेपालको पुँजी पहिचान नै विविधतासहितको एकता हो । तर गाउँमा पुरातनवादी साेचले समस्या देखिन्छ ।
साेनी सदा : गाउँमा हाम्रो दिनाभद्री धर्म, संस्कृति र परम्परालाई उपेक्षा गरेको छ । हामीले एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव चाहेको भए पनि ठुलो जात साह र मेहताले उपेक्षा गरेको छ ।
सम्मताेलिया ऋषिदेव : सरकारले सबै धर्मप्रति समान आदर गर्ने, कसैप्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीति हो– धर्म निरपेक्षता हो भन्ने गरेको सुनिन्छ तर व्यवहार खाेई ? गाउँमा दिनाभद्री मन्दिरमा लगानी छैन मुस्लिम वडा अध्यक्ष भएकोमा कुनै सुनुवाइ छैन । सुकुम्बासीले जहा त्यहीँ विभेदकारी व्यवहार भाेग्न बाध्य छन । विविधताको सौन्दर्यलाई राष्ट्रिय भावनामा बदल्न सके मात्र विविधताले सकारात्मक परिणाम दिन सक्दछ ।
खुसिलाल उराँव : हामीले मुलुकको संविधानले ग्यारेन्टी गरेको विविधतालाई सकारात्मक परिणाम दिन सक्ने बनाउन धर्म निरपेक्षता, समावेशिताको सिद्धान्त आत्मसात् गरेको भन्छाैं तर के त्यसको कार्यान्वयन र अनुभुती गर्न पाएका छन त नागरिक ? । विधालयमा पढाइ राम्रो छैन , गरिब दलितको कुरा सुन्ने काेही भएन ।
सम्भु उराँव : हाम्रोजस्तो विविधतायुक्त समाजमा विभेद र विद्वेषले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिन सक्दछ, प्रतिशोध र द्वन्द्व निम्तिन पनि सक्दछ । यसैले विविधताको यो सम्भावित नकारात्मकतालाई सकारात्मकतामा परिणत गर्न संविधानको मर्म सबै नेपाली नागरिकले आत्मसात् गर्नु पर्छ । राष्ट्रिय एकता बलियो बनाउन सबै धर्म समुदायका नागरिक, बुद्धिजीवी, नागरिक अगुवा, धर्मगुरुहरू लाग्नु पर्छ । अतिवादी सोचको प्राप्ति खति सिवाय केही हुँदैन । जातीय, धार्मिक, सांस्कृतिक संवेदनामा गर्न खोजिने राष्ट्रघाती राजनीतिको घातक परिणामप्रति सचेत हुन जरुरी छ ।