०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

देवानगञ्जमा बहिरा व्यक्तिहरूको पहुँच र सहभागिता सुनिश्चित गर्न नेपाली सांकेतिक भाषा आधारभूत तालिम सुरु

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, बैशाख ०३, २०८२

तस्विर : नमो अनलाइन

बिराटनगर। देवानगञ्ज गाउँपालिकामा सोमबारदेखि पाँच दिने “नेपाली सांकेतिक भाषा आधारभूत तालिम” सुरु भएको छ।

देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोग र नेपाल बहिरा हित तथा संरक्षण समाज, इनरुवा सुनसरीको आयोजनामा बहिरा व्यक्तिहरूको सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्य राखेर तालिम सञ्चालन गरिएको हो।

तालिमको औपचारिक उद्घाटन कार्यक्रममा गाउँपालिकाका पदाधिकारी, सामाजिक अभियन्ताहरू, तालिमका प्रशिक्षक, सहभागी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीले बहिरा व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न यस्ता तालिमहरूको आवश्यकता औंल्याउँदै यस्ता तालिमले बहिराहरूलाई पनि सामाजिक क्रियाकलापमा सहभागी हुन सहज हुने बताएका थिए। पालिकाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नेपाल बहिरा हित तथा संरक्षण समाजका प्रतिनिधिहरूका अनुसार, तालिममा सहभागीसँग सांकेतिक भाषा सम्बन्धी आधारभूत जानकारी प्रदान गरिनेछ। यसले उनीहरूलाई बहिरा व्यक्तिहरूसँग प्रभावकारी संवाद गर्न मद्दत पुर्याउनेछ। तालिममा इच्छुक स्थानीय युवाहरू सहभागी भएका छन्।

तालिम २०८२ साल वैशाख ३ गतेदेखि वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ।

सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिने जनाइएको छ।

यस तालिमले बहिरा समुदायप्रति सकारात्मक सोच र व्यवहार निर्माण गर्न मद्दत गर्ने विश्वास गरिएको छ। आयोजक संस्थाहरूले यस्ता कार्यक्रममार्फत समावेशी समाज निर्माणतर्फ योगदान पुर्‍याउने लक्ष्य राखेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]