०४ जेठ २०८२, शनिबार
17-05-2025 , Sat
×

हरिनगरबाट लागुऔषध गाँजा सहित अमिन मिया पक्राउ, २ जना फरार

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, बैशाख १६, २०८२

तस्विर : नमो अनलाइन

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ नम्बरको सिटी सफारीलाई शंका लागि जाँच गर्दा सिटको भित्री भागमा पलास्टिकको पोकामा राखिएको अवस्थामा गाँजा फेला पारेको हो।

बरामद गरिएको गाँजा ४१.३ किलो रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति अमिन मिया हुन्। चेक जाँच गर्ने क्रममा दुई जना भने फरार भएको बताए । गाँजा देवानगञ्ज हुँदै भारत तिर लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

इलाका प्रहरी कार्यालय हरिनगरका अनुसार, “गोप्य सूचनाका आधारमा गरिएको निगरानीका क्रममा सो गाडी रोकेर खोजतलासी गर्दा सिटमुनि विशेषरूपमा छिपाइएको गाँजा बरामद भयो। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।”

बरामद गाँजा र पक्राउ परेका व्यक्तिलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा पठाईएको छ।

प्रहरीले लागुऔषध गाँजा ओसारपसार संलग्न फरार भएका अन्य दुई जनाको व्यक्तिहरूको पहिचान गरी अनुसन्धान जारी राख्ने

जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]